भवानीदेबीले संसार छोड्दा लालीखर्कवासीका आँखा रसाए

१९ मंसिर २०७१, शुक्रबार मा प्रकाशित

kartik 30  gate copy
भालेको डाकसंगै उठ्नु पथ्र्यो उनले । त्यस माथिपनि कठ्याङरग्रीदो चिसो भनिसाध्य छैन । न त अहिले जस्तो विजुली वत्तीको सुविधा, भर पर्नु पथ्र्यो दियालोमा । एकाविहानैदेखि राति अवेरसम्म लालीखर्क र आसपासका सयैंसेवाग्राहीलाई सेवा प्रदान गर्दा बित्थ्यो उनको दिनचर्या । मिजासीलो स्वभाव, सबैसंग हासेर बोल्ने अझ भनौ सबैलाई आफ्न्त सरहनै व्यवहार गर्न उनले जानेकी थिइन् रत गत मंसीर १२ गते झापा विर्तामोड निवासी भवानीदेवी जिन्दलले यो संसार छोड्दा लालीखर्कवासीका आँखा रसाए । पाँचथरको लालीखर्कमा वनवरीलाल जिन्दलका साथ रहेर व्यवसाय गर्दा उनले समाजलाई लगाएको गुण थियो यो ।
वि. स. १९९१ सालमा जन्मीएकी भवानीदेवी त्यहाँ रहदा मानिसको निधनपछि गरिने दशगात्रामा चाहिने सम्पूर्ण सर सामान विक्री गर्ने पहिलो व्यापारी भएका कारण पनि निक्कै लोकप्रिय मानिन्थिन् । मारवाडी समुदाय त्यसमाथि पनि कैयाँको उपमा थियो उनीहरुलाई । भारतको सुविधासम्पन्न ठाउँमा जन्मिएर पनि अत्यान्त दुर्गम ठाउँमा गएर सेवा प्रदान गरेकै कारण जिन्दल परिवार लालीखर्कमा मात्र नभई सिङ्गो पाँचथरमा परिचित थियो । सन १९६० साल तिर पाँचथर लालीर्खकका  स्थानीयवासी कृपालाल राई घीउ बेच्न भारतको सुकियापोखरी गएका बखत घनश्यामदास अग्रवाललाई लालीखर्कमा व्यापार गर्न ल्याएपछि उनीहरुले पाँचथरमा व्यापार सुरु गरेको जानकारहरु बताउँछन् ।
पाँचथरको आङ्सराङ्ग– ७ दोवाटे निवासी देबीचन्द्र गड्तौलाका अनुसार  अग्रवाल परिवारले पाँचथरको लालीखर्कमा मात्र नभई पाँचथरको यासोक,सदरमुकम फिदिम, पञ्चमी आदि ठाउँमा रहेर पनि व्यापार व्यवसाय गरेका थिए । व्यापारकै सिलसिलामा चैतुराम अग्रवाल वि स १९७५ सालमा लालीखर्क गए पश्चात १९८३ सालमा रामेश्वरदास तथा हरवाई देवीका कोखवाट वनवारीलाल अग्रवालको जन्म भएको थियो ।  जो भवानीदेवीका श्रीमान हुन् । उनको पनि अढाई महिना अगाडि निधन भईसकेको छ । वनवारीलाल र भवानीदेवीले लामो समयसम्म पाँचथरको लालिखर्कमा व्यवसाय सञ्चालन गरेपश्चात २०२८ सालमा  इलामा आएको यो परिवार २०४४साल पुस १३ गते झापा झरेको थियो । झापामा समेत वनवारीलाल र भवानीदेवीले व्यवसायसंगै सामाजिक क्षेत्रमा पु¥याएको योगदान त्यक्तिकै सह्रानीय रहेको छ । बिर्तामोड स्थित मारवाडी समुदायले निर्माण गरेको अग्रसेन भवन निर्माणार्थ होस् या त   झापा उद्योग वाणिज्यसंघ बिर्तामोडको भवन निर्माण गर्दा किन नहोस् जिन्दल परिवारको उक्तिकै साथ र सहयोग रहेको बताइन्छ । झापा उद्योग वाणिज्यसंघ विर्तामोडमा २०४४ सालदेखि नै आबद्ध रहेका झापाका पुराना व्यवसायी वनवारीलालको पनि गएको भदौ ३० गते स्वर्गारोहण भएको छ । पाँचथरको लालीखर्कमा ‘कात्रो’ बेचेर परिचित बनेको यो परिवार झापामा व्यवसायसंगै सामाजिक क्षेत्रमा अब्बल कार्य गरेर परिचत छ । सबैलाई व्यवसाय प्रति चनाखो बनाएका वनवारीलाल र भवानीदेवीका कोखबाट पाँच छोरा र तीन छोरीको जन्म भएको छ । जसमध्ये मागीलाल कमलादेवी,पवन सुमित्रा,सुरेश ममता, सुभास कमलेश निरञ्जन पुस्पा छोरा वुहारी हुन् भने विमला सत्यनारायण,सुशीला ब्रम्हानन्द,कान्ता र घनश्याम दाश छोरी ज्वाई हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here