मातृकाप्रसाद संग्रौलाको ‘अमूल्य मानव जीवन’

११ बैशाख २०७२, शुक्रबार मा प्रकाशित

[भुवन तामाङ]  पिता धनपति तथा माता दमन्तादेवी संग्रौलाका सुभाङ पाँचथरमा जन्मेका पुत्र, हाल झापा धाइजन ६ स्थायी बसोबास भएका मातृकाप्रसाद संग्रौला एक कवि, लोक भजन सर्जक तथा कलाकार हु्न् । अघिल्लो सालको अन्तिमतिर मुद्रण भएको उनको ‘अमूल्य मानव जीवन कविता संग्रह’ कृति नयाँ वर्ष २०७२ बैशाख २ गते ‘त्रिफला राष्ट्रिय पुस्तकालय’ धुलाबारीको वार्षिकोत्सव समारोहमा ‘पाउ पाथिभरा धाम’का अध्यक्ष हरिचरण बानियाँबाट विमोचन सम्पन्न भएको छ ।
‘मानिसको स्वरुपले वस्त्र र गहनाविना शोभा नपाएभैmँ साहित्य र कलाविना पनि मानव जीवन अधुरो हुन्छ । मानव जीवनलाई आलोकित बनाउने काम साहित्य, संगीत र कलाले गर्दछ । यसले समाजलाई नयाँ चेतना प्रवाह गर्दै सत्मार्गमा डो¥याउँदै सर्जक आकर्षणको केन्द्र बन्न पुग्छन् । मातृकाप्रसाद संग्रौला शार्दूलविकृडित र उपजाति छन्दमा कविता सिर्जना गर्ने स्रष्टा भएको’ संग्रौलाको उक्त कृति ‘अमूल्य मानव जीवन’ कविता संग्रहको सम्पादकीयमा साहित्यकार हरिप्रसाद रिमालले उल्लेख गरेका छन् । ‘संग्रौलाका कृतिमा छोराछोरीलाई समान रुपमा हेर्नुपर्ने सन्देश पाइने, धन दौलत बटुलेर मात्र आप्mनो उन्नति नहुने, पवित्र मनले अरुको हित र कल्याण गर्नमा समय खर्चनु पर्ने, जीवनले जति अरुको कल्याण गर्न सक्छ त्यति नै आपूm अमर बन्न सकिने सन्देश मिल्ने’ रिमालले उल्लेख गरेका छन् । शुभकामना प्रकट गर्दै भुपेन्द्र न्यौपानेले संग्रौलालाई गायक तथा साहित्यकार, कलाप्रेमी, गायन स्रष्टा र संगीतको त्रिवेणी भएको उल्लेख गरेका छन् ।
आप्mनो ‘अमूल्य मानव जीवन’ कविता संग्रहमा ‘मानवलाई आलोकले श्रृंगार गरी रुपवान बनाउने कला हो साहित्य’ भन्ने उद्गार कवि संग्रौलाले व्यक्त गरेका छन् ।
नौ मासै तक बोकि“दा उदरमा पीडा कति तन्कियो ,जन्माइ भवमा उदार मनले श्रद्धा कतै रित्तियो, यस्तो सृष्टि रचेर दैव तिमीले वैसम्य पा¥यौ किन, केही गर्नु थिएन जन्म किन यो बा“चेर एकै दिन, जाडो उग्र थियो चिसो पवनले हेमन्तको सा“झमा, ‘च्याहा“ च्याहा“’ बालकको थियो सडकको शून्यता छेउ महा“ ।
यो कवितांश राजधानीमा जन्मनासाथ नालीमा प्mयाँकिएको जीवित तर पछि मृत नवजात शिशुलाई प्रत्यक्ष देखेपछि संग्रौलाले लेखेको कविताका हुन् । त्यो सालनाल सहितको नाङ्गो नवजात शिशुलाई राजधानीको महा जाडोमा कस्तो भयो होला ? उसले मातृत्व खोजिरह्यो, उसको शिशु मनमा के बित्यो होला । उसकी आमालाई त्यसो गर्नुपर्ने कस्तो बाध्यता सिर्जना गरिदिए होलान् दुष्ट मानवहरुले ? सम्झँदा पनि मन थाङ्थिलो हुन्छ । यसैबाट पनि थाह हुन्छ कि मातृकाप्रसाद संग्रौला कस्ता कवि तथा साहित्य सर्जक हुन् ? भन्ने ।
कोमल तथा भावुक मन भएका कवि संग्रौलाको यस कविता संग्रहमा परिवारबाट तिरस्कृत एक बृद्ध बेसहाराबारे, बेचिएर नारकीय जीवन बिताएपछि अश्रु धारा खसालिरहेकी चेलीबारे, शारीरिक तथा मानसिक यातनाको शिकारपछि वेदनाले रोइरहेकी नारीबारे मन छुने कविता उनका यस कृतिमा पढ्न पाइन्छ । भगवान गौतम बुद्ध, ठाकुर अनुकुलचन्द्र , स्वामी माधवाचार्य, गुरु निम्वकाचार्य, योगीराज स्वामीजी, सत्य साइबाबा, गुरु शंकराचार्य, सत्पालजी महाराज, देवकी नन्दन ठाकुर, कृपालुजी महाराज, १००८ स्वामी रामानन्द गिरी लगायतका महामानवका बारेमा पनि सचित्र मधुर कविता सिर्जनाहरु कवि संग्रौलाका यस सानो, सुन्दर कविता संग्रहमा पढ्न पाइन्छ । कृतिकारका अनुसार बुद्धले कस्तो ज्ञान र शान्ति प्राप्त गरी मानवहरुमा पैmलाउन खोज्नु भयो ? ती ज्ञान पैmलाउने उक्त महामानवहरुको चित्र यस कृतिमा अंकित गर्दै महामानवहरुले प्रवाह गरेका ज्ञानहरु ग्रहण गर्न सके हाम्रोे मानव जीवन सार्थक हुन सक्छ भन्ने कृतिकार संग्रौला बताउँछन् ।
मातृप्रसाद संग्रौला बहृप्रतिभाका धनी, उत्साही र सक्रिय सर्जक हुन् र गायन तथा वाद्यवादनमा पनि उत्तिकै कुशल गुण भएका कवि कलाकार हुन् । संग्रौलाका ‘प्रभु सत्भक्ति लोक भजनमाला’, ‘आनन्द लहरी भजन संग्रह’, ‘राधे राधे कृष्ण प्रभू भजन संग्रह’, र ‘तन मन वचन भक्ति भजन संग्रह’ सिडि एल्वमहरु निस्किएका छन् । यी भजन संग्रहमा भएका लोक भजन श्रवण गर्दै र छमछम नाचेर भगवानमा भक्ति भाव व्यक्त गर्न सक्दछौँ ।
यस्तै गुण भएकाले मातृकाप्रसाद संग्रौला विभिन्न संघ संस्थाबाट सम्मानित तथा पुरस्कृत पनि भैसकेका छन् । राष्ट्रिय नागरिक सरोकार केन्द्र काठमाडौबाट राष्ट्रिय नागरिक स्वर्ण सम्मान, शान्ति विकास अभियान नेपाल काठमाडांैबाट राष्ट्रिय स्रष्टा सम्मान, पाथीभरा महोत्सव पाथीभरा भक्त उपाधिसहित ताप्लेजुङ रन्त सम्मान, भानु साहित्य प्रतिष्ठानबाट कदर लगायत दर्जनौ संघ संस्थाबाट सम्मानित भएका उम्दा स्रष्टा हुन् ।
उनका ‘देवी दर्शन भक्ति भजन सग्रह’ र ‘पर्व कोशेली गीति संग्रह’ (पुस्तक)हरु पनि प्रकाशित छन् र ‘अमूल्य मानव जीवन कविता संग्रह’बारे यहाँ सामान्य चर्चा गरिएको हो । संग्रौला समन्वय तथा समाज कल्याण समिति नेपालका अध्यक्ष दिलीपकुमार संग्रौला, पाथीभरा स्टिल इन्डष्ट्रिज चारपाने, गजुरमुखी पशु तथा कृषि फारम, बिर्तामोड खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष टोरुप प्रसाईं र सचिव जलकुमार गुरुङ, पत्रकार चक्र वान्तावा, तुलसीनिधि रेग्मी, विष्णु रिमाल र कृतिकारका पुत्र विजयले पनि यस कृतिमा शुभकामना व्यक्त गरेका छन् । उनको सो कृति ज्यादै पठनीय छ, त्यसैले सबैले एक पटक पढौँ र सत्मार्गमा लाग्ने प्रेरणा लिऔँ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here