दिवंगत श्रीमतीको सम्झनामा

११ बैशाख २०७२, शुक्रबार मा प्रकाशित

एक दिन साँझपख फोनबाटै मलाई सम्झाउँदै साहित्यकार श्री शिव रेग्मीज्यूले भन्नुभयो – तपाईंको श्रीमतीको देहावसान भएको तीन महिनापछि पनि उहाँको सम्झनामा ज्यादै चिन्तित भएर बस्नुभएको छ भन्ने मैले सुनिसकेको छु । यसरी रातदिन चिन्तित भएर बस्नुभन्दा दिवंगत श्रीमतीकै सम्झनामा केही लेखेर बस्नोस् । उहाँको सुझाव शिरोधार्य गर्दै श्रीमतीको सम्झनामा त्यसै रात दुईचार श्लोक कविता लेख्न बसें ।
नेपाली साहित्य र साहित्यिक अनुसन्धानमै समर्पित उहाँ जस्ता परिश्रमी अर्को कुनै व्यक्ति नेपालमा होला जस्तो मलाई लाग्दैन । यस्ता विद्वान् व्यक्तिको सान्निध्यमा बस्न पाउनु मैले आफ्नो अहोभाग्य नै ठानेको छु । प्रस्तुत छ उहाँकै घच्घच्याहट र प्रेरणाबाट त्यसै रात लेखिएको ‘दिवगंत श्रीमतीको सम्झनामा शीर्षक यो कविता [श्यामकृष्ण श्रेष्ठ]

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here