पूर्वमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

३ कार्तिक २०६९, शुक्रबार मा प्रकाशित

इलाम, कार्तिक ३ – अप्टीकल फाइभरको कार्डमा समस्या आएपछि विहीवारदेखि पूर्वी जिल्लाको टेलिफोन सेवा अवरुद्ध भएको छ । सिराहाको लाहानमा कार्डमा आएको समस्या समाधान भएपनि इटहरीमा पनि उस्तै समस्या देखिएकाले संचार सेवा अवरुद्ध भएको हो ।

इटहरी पूर्वमा टेलिफोन, मोवाइल, इमेल इन्टरनेटलगायतका सवै सेवा अवरुद्ध हुादा सेवा ग्राही मारमा परेका छन् ।  दशैमा घर र्फकनेको चाप भएको बेला अचानक टेलिफोन सेवा अवरुद्ध हँुदा थप समस्या भएको हो । इन्टरनेट सेवा नचलेकाले संचारसंस्था, संचारकर्मीदेखि, मनि ट्रान्सर्फमर सेवासमेत प्रभावित भएका छन् । ‘दशैंको बेला पैसा लिन आउनेको भिड लाग्ने बेलामा फोन र इन्टरनेट नचलेपछि रकम दिन समस्या भएको छ,’ सदरमुकामका मनि ट्रान्सफर संचालक दिलिप पौडेलले भने । आफन्तले विदेश र अन्यत्रवाट पठाएको पैसा झिक्न गाउँगाउँवाट आउनेहरुको चाप छ । बिग्रीएको कार्ड मगाइएको र चाँडै सेवा सुरु गरिने टेलिकम इलामका प्रमुख बद्री चौधरीले वताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here