बाल विकास, केन्द्रमा असन्तुष्टि

१६ असार २०७२, बुधबार मा प्रकाशित

सामुदायिक विद्यालयको बालविकास केन्द्रहरुमा सहयोगी कायकर्ता (सका) का रुपमा काम गरिरहेको शिक्षिकाहरु आफ्नो हक, अधिकार र पेशाका संरक्षणका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिएर आफ्नो असन्तुष्टि व्यक्त गर्न थालेका छन् । आन्दोलनको पहिलो चरणमा मेची र कोशी अञ्चल भरीका बालविकास केन्द्रका सकाहरु संगठित भई छ बुँदे मागसहित जिल्ला प्रशासन, जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितिमा बाल विकास शिक्षक संघर्ष समिति गठन गरेर यो ज्ञापनपत्र बुझाएका थिए ।
सहयोगी कार्यकर्ताहरुले बुझाएको ज्ञापनपत्रमा बालबिकास केन्द्रलाई विद्यालयको संरचनाभित्र समावेश गरिनुपर्ने, शिक्षा ऐन तथा नियमावली अनुसार अरु शिक्षक सरहको सेवा सुविधा पाउनुपर्ने, दैनिक सेवा अवधिलाई अरु शिक्षक सरह कायम गरी बालबालिकालाई थप सेवा गर्न दिनुपर्ने, तलब मापदण्डको आधारमा निर्धारण गरिनुपर्ने, बालबिकास केन्द्रमा प्रशस्तैमात्रामा शैक्षिक तथा खेलकुद सामग्रीका साथै सफा र उज्याला कोठाको व्यवस्था गरिदिनुपर्ने र बालबालिकाहरुलाई थप बलियो बनाउन तालिम तथा सरोकारवाला अभिमुखीकरणको व्यवस्था गरिनुपर्ने जस्ता माँगहरु राखिएको छ ।
झापामा मात्र अहिले विभिन्न बालविकास केन्द्रहरुमा ७ सय ५ जना सहयोगी कार्यकर्ता रहेका छन् । सरकारले उनीहरुको मासिक पारिश्रमिक ३ हजारको दरले दिँदै आइरहेको छ । प्रति महिना प्रतिव्यक्ति रु पाँच सयबाट शुरु भएको उक्त पारिश्रमिक रकम अहिले तीन हजार पुगेको छ । तर, पनि अहिलेको महँगीलाई हेर्नु हो भने यो अपर्याप्त नै मानिन्छ । फेरि भएन विदेशी मुलुकहरुमा बाल–बालिकालाई पाठशाला जाने वातावरण बनाउन र प्राथमिक र निम्नमाध्यमिक सम्मको शिक्षा दिलाउन प्रशस्त वौद्धिक क्षमता भएका अनुभवी र प्रौढ, अवकास प्राप्तहरुलाई लगाइन्छ । हाम्रामा भने छोरा–छोरी नै नभएका, भर्खर स्कूल, कलेजको शिक्षा लिँदै गरेका अनुभवहीनहरुलाई पहुँचका भरमा नोकरी खुवाउने निहुँमा केन्द्रमा नियुक्ति दिने चलन छ । यस्तो चलन ठीक होइन, काम कस्सिएर लगाउने, दाम पनि सोही अनुसारको दिने र अनुगमन पनि गरिरहने हो भने असन्तुष्टि कतै देखिँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here