कन्काई सिञ्चाई आयोजनाको अवलोकन

शिवसताक्षी, पुस १। झापाको शिवसताक्षीमा रहेको कनकाई सिञ्चाई आयोजनालाई सिञ्चाई मन्त्री उमेश यादवले बुधबार बिहान स्थलगत अवलोकन गरेका छन् ।
स्थलगत अवलोकनपछि आयोजित कार्यक्रममा मन्त्री यादवले वर्तमान सरकारले स्थानीय साधन स्रोतको भरपुर उपयोग गर्दै कृषि क्षेत्रलाई मर्यादित पेशााको रुपमा रुपान्तर गरी देशको सबै कृषियोग्य क्षेत्रमा सिञ्चाई पु¥याउन प्राथमिकता साथ लागी परेको बताए ।
अवलोकनकै सिलसिलामा उनले स्थानीय उपभोक्ताहरुको विभिन्न माग बुझ्दै उक्त आयोजनालाई भरपर्दो र व्यवस्थित सिञ्चाई योजनाका रुपमा विकास गर्न आवश्यक पहल समेत भइरहेको र भविष्यमा समेत हुने आश्वासन समेत दिएका थिए ।
त्यस्तै उनले सिञ्चाई आयोजनाको निर्माणमा हँुदै आएका ‘ठेकेदारी डन’ जस्ता आपराधिक गिरोहहरुलाई निस्तेज गर्न कुनै कसुर बाँकी नराखिने समेत आम उपभोक्तामाझ प्रतिवद्धता समेत जाहेर गरे । उनले भने– ‘यो सरकार आपराधिक प्रवृत्तिका डनलाई जरावाट नै समाप्त गर्न प्रतिवद्ध छ ।’ अवलोकनकै क्रममा मन्त्री यादवले शिवसताक्षी नगरपालिकाकै कन्काई नदीमा सञ्चालित जनताको तटवन्धन कार्यक्रम र झिलझिलेमा पर्ने सतासी खोलाको नदी कटान क्षेत्रको समेत स्थलगत जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com