मनछुने कविताहरु गंगाप्रसाद ओडारीका

११ पुष २०७२, शनिबार मा प्रकाशित

Untitled-2

हे माता म हजुरको समिपमा, सारा जीवन भर रही,
धारा दश दूधका दियौ, सम्झन्छु मनमा यही,
माया न्यानु छहारी हरपल दियौ, आँचल ओढाइकन,
‘बाबु खाऊ अभैm बुबु, गिलीमाम’, भन्थ्यौ खुशी भईकन,
तातो कोकरीमा सुताई ‘चोचोला’, सम्झेर दुःखी भएँ
अर्पण यो पूmल एक थुङ्गा हजारमा, श्रद्धाञ्जली पो दिएँ ।’
यी कविताका हरफहरुद्वारा कवि गंगाप्रसाद ओडारीले आप्mनी ममतामयी मातामा श्रद्धाञ्जलि अर्पण गरे पनि अरुका लागि पनि यी पंक्तिहरु उत्तिकै साझा हुन सक्छन् । नेपालका गाउँघरमा वास्तवमै हरेक माताहरुले आप्mना नानीहरुलाई यस्तै भाषामा वात्सल्य पोख्दै बुबु खुवाएर, हुर्काएर ठूला पारेका हुन्छन् । यी हरफहरु पढ्दा पाठकलाई आमासँगको आप्mनो बाल्यकाल याद आउन सक्छ अनि आँखामा आँशु छचल्किन सक्छ । आमामै समर्पित अर्को पनि कवितांश पढौँ कवि ओडारीका ।
‘आमा तिमी सपनामा, मेरै छेउमै हुन्छ्यौ,
सुम्सुम्याई ‘नानी’ भन्दै, काखमा उठाइलिन्छ्यौ,
विपनामै यो भै दिए हुन्थ्यो जस्तो लाग्छ,
सपनाको सुख, चैन, विपनामा भाग्छ,
सपना देख्ने रातहरु, छोटा किन भयौ,
विछोड भयो आमा तिमी आज कता गयौ,
‘कोखाई कोखाई नानी हाम्म’ भन्ने वाणीहरु
अभैm पनि सुन्न पाउँ सपना मै बरु ।’
आमामा समर्पित कविता भैmँ कवि ओडारीका अन्य कविताहरुमा पनि भावुकता, मनका भावना, संवेग, माया, जीवनका दुःख–सुख, जिन्दगीका यथार्थता, जीवन चिन्तन, संस्कृति प्रेम, परदेशिएकाका दुःख पीडा अनि देशप्रेम लुकेको पाइन्छ । कवि ओडारीले नेपाली कविता संग्रहहरुको संसारमा अर्को एउटा सुन्दर कोशेली थपेर नेपाली साहित्य सम्बृद्ध पार्ने अभियानमा योगदान गरेका छन् । उनका ‘सम्झनाका पानाहरु’ मा संग्रहित अरु कविता पढ्ने जिम्मा आदरणीय पाठक वर्गमा ।
गंगाप्रसाद ओडारी पाँचथर भारपा–२ अर्खोले साब्रे केराबारीमा वि.सं. २००३ सालमा जन्मेका हुन् । पिता जयप्रसाद ओडारी र माता लक्षिमा ओडारीका पुत्र गंगाप्रसाद ओडारी हाल मेचीनगर–१ धुलाबारी झापामा बस्दछन् । उनी आठ वर्षका हुँदा आप्mना बाबुलाई गुमाएका थिए । स्थानीय पाठशालामा तीन कक्षासम्म औपचारिक अध्ययन गर्दागर्दै कापी किताब किन्नेसम्म पैसा नहुँदा विद्यालय छाड्नु परेको थियो तरपनि अनौपचारिक स्वअध्ययनबाट नै उनी कवि बन्न सफल भए । उनले आमाको सेवाका लागि केही धन जोहो गर्न सिक्किम, भुटान, असम, मेघालय, अरुणाचलसम्म पुगेर मेहनत गरेका थिए । गरिबीका कारण पढाइ छाड्नु परेको, कमाइ गर्न मुग्लान जानु परेको आदिको पीडाबाट नै उनमा साहित्यकारिक गुण विकास भएको थियो ।
कवि गंगाप्रसादलाई धुलाबारी बजारमा उनकै किराना पसलमा जहिल्यै पनि भेट्न सकिन्छ । उनी पत्रमित्रता गर्न खप्पिस छन् । दशहजारभन्दा बढी मित्र त पत्रमित्रताकै माध्यमबाट बनाएका छन् । मीठो बोलीका धनी तथा मिजासिला उनले रेडियोका माध्यमबाट ६ हजार जनाको जन्मदिनको शुभकामना दिइसकेका छन् ।
‘सम्झानाका पानाहरु’ कविता संग्रह कृति, बरिष्ठ साहित्यकार तेराख, बरिष्ठ पत्रकार चन्द्र भण्डारी, कवि हरिप्रसाद रिमाल लगायतका व्यक्तित्वहरुको सल्लाह तथा हौसलाबाट संग्रहको रुपमा तयार गरेको संग्रहको प्रकाशकीयमा जनाइएको छ । यस कृति प्रकाशन गर्न पाएकोमा त्रिफला राष्ट्रिय पुस्तकालय परिवार धुलाबारी हर्षित भएको पनि प्रकाशकीयमा जनाइएको छ ।
कवि ओडारी सच्चा राष्ट्रप्रेमी प्रतिभा भएको, आप्mनो देशको भाषा, लोकसंस्कृति मन पराउने, कहिल्यै निराश नहुने, निरन्तर क्रियाशील रहने गुण भएको संग्रहमा बरिष्ठ साहित्यकार तेराखले उल्लेख गरेका छन् ।
तेराखले थप उल्लेख गर्दै लेखेका छन्– ‘सम्झनाका पानाहरु संग्रहभित्र विविध विचारका कविताहरु संग्रहित छन् । सप्तरंगी इन्द्रेणी भैmँ विभिन्न रंग र स्वादका कविता छन् । न लामा न छोटा, ठिक्कका पढ्दा वाक्क नलाग्ने । यो संग्रहका कवितामा राष्ट्र प्रेम छ, आमाको माया छचल्किएको छ । भ्mयाउरे, छन्द, गीतमा आधारित कविता पस्कनु कविको विशेषता रहेको छ । आँशु, हाम्रो देश, कसरी विर्सनु, नारी आवाज, निष्ठुरी, परदेशीको पत्र, सानी खोइ, सम्झनामा आमा, त्रिफला, आमा बिना, भानुभक्त, भरीया जीवन, देखावटी माया, जन्मभूमि पाँचथर, जन्ती, जिन्दगी, खिड्की, मोतीको ज्योति, पर्खी बस्छु, रित्तिएका आँखा, सम्झनामा रत्नकुमार वान्तावा, सिउँदो जस्ता भावनात्मक शीर्षकका कविताहरुले संग्रह भरिएका छन् । यहाँ केही शीर्षकहरु अघिसारेँ, यसबाट पाठकज्यूहरुले गंगाजी कतिविधि विषयमा छरिनु भएको रहेछ भन्ने थाहा पाउनु हुनेछ । गंगाजी जीवनमा आएका विविध विषयमा खारिनु भएको छ । यो छोटो लेखमा विस्तारपूर्वक वर्णन गर्न सकिन्न’ भनेर बरिष्ठ साहित्यकार तेराखले यस संग्रहमा उल्लेख गरेका छन् । यस कविता संग्रहबारे बरिष्ठ साहित्यकार तेराखको भनाइले नै कृतिको उत्कृष्ट विशेषता झल्कन्छ । संग्रहमा रुद्रप्रसाद भण्डारी मेचीनगर–५ धुलाबारीले शुभेच्छा व्यक्त गरेका छन् ।
कवि गंगाप्रसाद ओडारीका यसअघि प्रकाशित कृतिहरुमा– ‘दुःखका आँशु गीति संग्रह २०३३’, ‘सपनाकी परी उपन्यास २०३६’ रहेका छन् । उनी त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी, पाँचथर जोरपोखरी गुरुकुलमा आजीवन सदस्य र साहित्य साधना मेचीनगरका संस्थापक कोषाध्यक्षको जिम्मेवारीमा रहेर समाजसेवामा पनि समर्पित छन् ।
आठ महिना अघि नै प्रकाशित भएको भएपनि साहित्य पुरानो हुँदैन । त्यसैले सबैले यस कविता संग्रह ‘सम्झानाका पानाहरु’ एकपल्ट अवश्य बढौँ र यस्तै प्रेरणादायी कृति फेरि लेख्न सकून भनी कविलाई हौसला प्रदान गरौँ ।
तबmबलनदजगधबल२नmबष्।िअयm

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here