डुमू

७ माघ २०७२, बिहीबार मा प्रकाशित

 

[सौगात गजमेर विश्वकर्मा]

म एक हिरालाल
पहिचान कमैया
थर डुम हो
साहुको गोडा थिचेर
घरको अभाव टाल्ने
म,
सास्ति र दमन नभनेर कहिल्यै
मैले मेरी छोरीलाई पनि पठाको हुँ
अभाव र भोको पेट नरहोस् भनेर
साहुको हेरचार र स्याहार गर्न
बर्षौदेखि,
यसरिनै चलाएको हुँ मैले
अभावै(अभावमा मेरो झुपडी
न मलाई भने जसरि भयो
न मैले सोचे जस्तै गर्न पाएँ
सिर्फ लागरहे निरन्तर
यहि शासकको स्याहारमा।।।।।

मेरो मज्बुरीमा,
साहुको सन्तुष्टिमा,
मेरी अन्जान छोरीले
गुमाउनु पर्यो नचहेरै पनि
कल्कलाउदो बैँस
लुटाउनु पर्यो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here