कविको दाजु

Untitled-1 copy

(यो कथा पूर्णतः मनोरञ्जन प्रयोजनका लागि लेखिएको हो । कुनै पेशाकर्मीप्रति आक्षेपको तवरले नबुझिदिनुहुन अनुरोध छ ।)
आज हजुरबाको जन्मदिन । उहाँलाई पार्क घुमाउन लानु प¥यो । पेट्रोल अभावले पनि फाइदै भयो । ह्वील चेयरमा घुमाउँदै लाने विचार गरेँ । ह्वील चेयरलाई पछ्याउँदै बाहिर निस्केँ ।
‘ऊ हेर्, कविको हजुरबाऊ ।’ एउटा फुच्चेले हामीतिर औंलो तेस्र्यायो ।
‘लाटो बुढो’, अर्काले थप्यो । मलाई चित्त बुझेन, तैपनि चुपै लागेँ ।
‘त्यो मान्छेलाई चिन्छेस् ?’
‘किन नचिन्नु ? त्यो मुला, कविको दाजु । जहिल्यै कविको हजुरबाऊलाई ठेल्दै हिँड्छ, बिहान–बेलुका ।’
‘हैन, त्यो नोकर होला ।’ अर्को जान्ने टोपलियो ।
चुप लागेर हिँड्नै सकिनँ, ‘तिमेरु ठेट्नाहरुको काम छैन ? पढ्नु लेख्नु पर्दैन ? जे पायो तेई भन्दै हिन्छौं ? उहाँ त मेरो हजुरबा पो त ।’
‘हैन त । त्यो त डाक्टर हरे । बेलाइतबाट पडेर आको ।’
‘हुन्छ ? डाक्टर भए त हजुरबाऊको अप्रेशन गरिहाल्थ्यो होला नि । डाक्टरले जैलेई हजुरबाऊ ठेली हिँड्छ ?’
हजुरबालाई एस्तो बेला मुस्कुराउन मात्र आउँछ । मेरो पारो तात्यो । केटाकेटीसँग निऊ खोज्नु भएन । जिन्दगीभरि गिज्याउँछन् । तरुनी भएका भए जगल्टा तानेर सजाय स्वरुप एक म्वाई लिन्थेँ । मनको लड्डु बटार्दै सरासर बाटो लागेँ । पिएचडी गरेको सबै मान्छे हस्पिटलका डाक्टर हुँदैनन् भन्ने यी केटाकेटीलाई के था ? अंग्रेजी साहित्यमा पिएचडी गरेँ तर आजसम्म एउटा कविता लेखेको छैन । भाइ थियो उरन्ठेउलो । आठ कक्षामा फेल हुँदाहुँदै स्कुल जानै छोडेको । म बेलायतबाट फर्केर आउँदासम्म कवि भइसकेछ । जल्ले भेटेपनि नमस्ते गरिहाल्छन् । सँगैमा भाको म डाक्टर । मलाई त कसैले बालै दिँदैन ।
बा को मुन्टो बटारियो । सिधा पारिदिन खोजेँ । भएन, फेरी बटारियो । के तालको टाउको बाबैको । एसो हेरेको त जिन्स पाइन्ट लाका तरुनी रैछन् । यो बुढेसकालमा नि के तरुनी हेर्नुप¥या होला बुढालाई ? तर बाको जन्मदिन न प¥यो । हेरुन्, बाबैले धित मरुञ्जेल । तेतैतिर फर्काइदिएँ ।
‘नकचरो बुढो ।’ एउटी तरुनी कड्किई ।
‘दाजु भाइकै बेओरा उस्तै रैछ ।’
‘लौ, ए बहिनी म कसरी मेरो हजुरबाको भाइ भएँ हौ ? कल्ले ढाँट्यो तिम्लाई ?’
एउटीले जिब्रो टोकी । अर्की जान्ने भइ फेरि– ‘अए त्यो त कविको दाजु पो त ।’
‘ए तेसो भए जेठाजु बनाउनु पर्ला ।’ खित् खित् खित् खित् गर्दै लागे तरुनीहरु बाटो ।
बाबै मख्ख परेर मुस्कुराएँ । भर्खर बिहे गर्ने उमेरको नातीलाई भाइ बनाइदिँदा आफू पनि तन्नेरी नै रैछु भन्ने लागो होला बुढालाई । बाटैमा नातिको उमेरमाथि बलात्कार हुँदा पनि कसरी मुस्कुराउन सकेका बुढा । तर त्यस्तो नभनुन् पनि किन । खर्लक्कै खुइलिएको टल्किने तालु अनि जिङरिङ्ग कालो दारी जुँगा । जल्ले देखेपनि पचास कटेकै भन्ठान्लान् । तर इनको के दोष ? भाइ छ जुल्फी पालेको, सिलिक्क दाह्री जुँगा । तेस्माथि कवि । गजल पनि लेख्दोहो, श्रृङ्गार भरेर । मैले पनि सुनेको छु तेस्का कविता । प्रत्येक कवितामा तरुनी र तन्नेरीका ओठ र छाती जोडिएका वाक्यहरु बुनेको छ । लाजै मर्नु कविता । लाजपचेका श्रोता, पाठक अनि नकचरो कवि । अभैm कविता लेखेर देश बनाउँछु भन्छ ।
के मलाई इष्र्या लागेको हो मेरो कवि भाइको व्यक्तित्व र कर्म देखेर ? म जस्तो विद्वानले तेस्तो त सोच्नु हुन्न । आफ्नो पेशा र क्षेत्रमा मेरा पनि त अनुयायीहरु छन् नि । मलाई आदर्श मान्नेहरुको पनि त कमी छैन । म दिनैपिछे यस्ता कयौं बच्चा र तरुनीहरुलाई शिक्षा र उपदेश दिन्छु । कुनै दिन तिनले बुझ्लान् ती उपदेश र शिक्षाको अर्थ अनि सम्झेलान् मलाई । तर मेरो कवि भाइको कविता सुनेर कसले सम्झेला र मलाई ? सबैले कविको दाजु भन्छन् । उसलाई प्रोफेसरको भाइ भनेर कल्ले भन्दो हो ?
हजुरबालाई ठेल्दै पार्क पु¥याएँ । बाबै मख्ख परिहाले । त्याँ पो रै’छ रमिता । जोडी–जोडी गुँड बनाएर बसेका । अब एकछिनमा अण्डा पार्लान् जस्तो । खुस्किसकेको जवानी फेरी पलायो क्यारे बुढामा । बुढा जुर्मुराउन थाले । ह्वील चेयरबाट आफैं ओर्लौंला झैं गर्न थाले बाबै । समातेर च्यापेँ । एक राउण्ड त घुमाइदिनै प¥यो । दाहिने घुमाएँ । छेऊ–छेऊ पुग्दा नजिकका जोडीहरु मुन्टो लुकाउँथे । तेस्तो लभ के लभ । गर्नै परेसी ओपन फ्र्याङ्कली लभ गर्नुपर्छ । लुकी–लुकी लेपास्सिँदा लाज नलाग्ने । मान्छे देखेसी लाज लाग्ने । बडा अजिव छ । देख्नेलाई पो लाज लाग्नुपर्ने । हजुरबाको गजव मनोरञ्जन भइरा’को थियो । एक फन्को पुग्न लाग्दा के देखे बुढाले ? हुँह हुँह गर्न थाले । अगाडि हेरेको त कवि रै’छ । सप्रेको गधेपच्चिसी कुन्चाईं तरुनीका ओठ चुस्न व्यस्त भा’कै बेला रेडहेण्ड फेला प¥यो । गएर पछाडिबाट च्याप्प काँधमा समातेँ । उचालेर एक झापु मात्र हान्न पाएँ । टाप ठोकिहालो । यो तेस्को लभसभ केही हैन । धेरैबाट सुनिसकेको थेँ यस्ता कुरा । आज लाइभ भेटियो । अब चैं बाबैलाई टेन्सन भएछ क्यारे । नाति कवि भयो भनेर मख्ख परेको । म पनि लठपुङ्को दाजु भनिनु भन्दा त कविको दाजु भनिँदा मख्खै थिएँ नि । बाबैलाई लिएर घरतिर लागेँ ।
घरमा मान्छेको चहलपहल थियो । हजुरआमा धपेडी गर्नुहुँदै रहेछ । मैले कुरा बुझिनँ । हजुरआमासँग सुटुक्क बुझेको त कविलाई छोरी दिन आ’का रे मान्छे । सनक्कै सनक चढेर आयो । यत्रो डाक्टर भै’खाको मान्छेलाई छोडेर तेल्लाई छोरी दिन आ’को को पटमुर्ख होला ? सिटिङ् रुममा छिरेँ ।
‘नमस्कार हजुर !’
‘लौ सर, मलाई के को नमस्कार, हजुरलाई पो मैले नमस्कार गर्नुपर्ने ।’
‘कुटुम्ब नाता जोड्न आइयो । छोरीका परिवार त सानै हुनुप¥यो नि ।’
लौ बर्बाद ! मसँगै पढाउने प्रोफेसर आफ्नी छोरी कविलाई दिन आएछन् । यिनको के बुद्धि हो ?
सोधिहालेँ– ‘कवि ज्वाईँ किन रोज्नु भा’ हजुर ?’
‘म नेपाली साहित्य मै डिग्री गरेको मान्छे । साहित्यिक मानिसहरुको संगत मन पर्छ । छोरीलाई पनि साहित्य र साहित्यकार खुब मन पर्छ । त्यसैले कवि ज्वाईं बनाउँ लागेकोे नि ।’
आफ्नो बिहे भा’को छैन । परिवेत्ता बनाउनु हुन्न भन्ने लाग्यो ।
‘लौ हजुर ! आज बुबा आमा हुनुहुन्न । हामी त उहाँहरुको इच्छा अनुसारको बुहारी विवाह गर्ने हो, पछि सम्पर्क गरुम्ला ।’
‘ए हजुरको पनि बिहे भा’को छैन ?’
म मुस्कुराएँ मात्र । त्यति जवाफ काफी थियो । उनीहरुले चिया पिइसकेछन् बाटो लागे । खै ! के भन्ने हो ? कल्लाई भन्ने हो ? हाम्ले केही बुझ्न सक्या हैनम् । तर एउटा कुरा चैं पक्का हो । अब म पनि कविता त के हुन्छ कथा चैं लेख्छु । जे पर्ला । मेरो यो तीतो अनुभवलाई कथा बनाउन सकिएला कि नसकिएला ?

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com