६७ कुर्दिस लडाकुको मृत्यु

अंकारा (टर्की), ३० फागुन । टर्कीको राज्य सञ्चालित न्यूज एजेन्सीले यहाँको सेनाले उत्तरी इराकमा रहेको कुर्दिस विद्रोही (पिकेके)को आश्रयस्थललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा पिकेका ६७ लडाकुको मृत्यु भएको छ ।

अनादोलु एजेन्सीका अनुसार १४–एफ–१६ र एफ–४ युद्धक विमानद्वारा पिकेके विद्रोहीको हतियार तथा बन्दोवस्तीका सामान भन्डारण गरी राखिएको भन्डारण केन्द्र सुरक्षाका लागि बनाइएको बङ्कर, आश्रयस्थलमा आक्रमण गरिएको थियो ।

उत्तरी इराकको क्वस्डिल हिमाल, पिकेके उच्च नेताले बस्दै आएको इराकी सीमास्थित अखडालगायतका ठाउँमा टर्कीले लगातार गोलाबारी गरेको प्राप्त समाचारमा जनाइएको छ ।

कुर्दिस समुदायको स्वायत्त राज्यको माग गर्दै टर्कीको दक्षिणपूर्वी क्षेत्रमा सङ्घर्षरत पिकेके समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ । रासस÷एपी

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com