कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं

 

भद्रपुर (रासस) ः कृषि विकास राज्यमन्त्री सरिता प्रसार्इंले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्नमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग पु¥याउने बताउनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) एकाइ बनियानी झापाद्वारा आज झापाको केचनाकवल गाउँपालिका वडा नं ४ स्थित फर्कागाछीमा आयोजित बोरो (हिउँदे) धान क्षेत्र विस्तार कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

राज्यमन्त्री प्रसार्इंले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ लैजानुपर्ने अहिलेको आवश्यकता हो भन्दै अन्नमा आत्मनिर्भर बनाउन, उत्पादन बढाउन र लागत कम गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निकै उपयोगी हुने बताउनुभयो ।

कृषकको जागरुकताबाट नै कृषिमा आधुनिकीकरण आउने भएकाले यसतर्फ सबै किसानको ध्यान जानु आवश्यक छ, उहाँले भन्नुभयो – “कम लागतमा बढी उत्पादन लिन सक्नु नै यो परियोजनाको मुख्य उद्देश्य हो ।”

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com