कोटीहोममा ३२ वर्षपछि कुम्भपुजन महायज्ञको आयोजना

सुरुङ्गा।

कनकाईधाम धार्मिक विकास संस्थाको आयोजनामा फागुन ४ देखि १५ गतेसम्म लक्ष्य कुम्भपुजन महायज्ञ हुने भएको छ ।
२०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथकोे पहलमा एक करोड गायत्रीमन्त्रद्वारा होमादि महायज्ञ सम्पन्न भएको ३२ वर्षपछि कुम्भपुजन महायज्ञको आयोजना गर्न लागिएको हो ।
शनिवार कोटीहोममा आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी गराइएको थियो । उक्त महायज्ञ तीर्थ प्रकाश संघको आव्हानमा नेपालका महत्वपूर्ण ११ तीर्थस्थलहरुमा एकै समयमा एउटै धार्मिक पद्धतिमार्फत हुन लागेको हो । बाह्र दिने सो महायज्ञमा १० हजार कर्ताले आ–आफ्नो जलयुक्त घडा महायज्ञस्थलमा राखी अनुष्ठान पश्चात घर फिर्ता लान सकिने पत्रकार भेटघाटमा जानकारी दिइयो ।
उक्त महायज्ञमा दैनिक वराह पुराण, रूद्री, चण्डी, वेद पाठ, भजनकीर्तन र विद्वानहरुबाट धार्मिक प्रवचन लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने बताइएको छ ।
महायज्ञ सम्पन्न गर्न कनकाईधाम धार्मिक विकास संस्थाका अध्यक्ष कोमलप्रसाद प्रसाईकोे अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति र २५ वटा विभिन्न उपसमिति गठन गरिएको उपाध्यक्ष केदारप्रसाद गिरीले जानकारी दिए ।
मूल समितिको सह–अध्यक्षमा देवेन्द्र मिश्र, वरिष्ठ उपाध्यक्ष भीमप्रसाद अधिकारी, महासचिव श्रीप्रसाद मिश्र, रामनाथ ढकाल, गोपीकृष्ण प्रसाईं, मान्ता खरेल, पुण्य ओझा उपाध्यक्ष, कृष्णप्रसाद घिमिरे र नरेन्द्र मैनाली सचिव, तोयानाथ अधिकारी र कविता बस्नेत सहकोषाध्यक्ष लगायत रहेका छन् । आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा भीमप्रसाद अधिकारी र सह–संयोजकमा लीलाप्रसाद चिमरिया रहेका छन् । कोटीहोम धार्मिक संस्थाका धार्मिक उपाध्यक्ष नारायणप्रसाद पोखरेल, महासचिव श्यामकुमार पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन महायज्ञ प्रचारप्रसार उपसमितिका संयोजक गंगाराम दाहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com