कुटपिटबाट दाजुभाइ घाइते

सुनसरी ।

सुनसरीको इटहरी-२ दंगाल टोल बस्ने २३ बर्षिय सन्तोष घिमिरे र उनकै भाइ २१ बर्षिय सम्पूर्ण घिमिरे शनिबार कुटपिटबाट घाइते भएका छन्।

उनलाई सोही ठाउँका आकाश तामाङ र बिशाल मगरले बेलुका १० बजेतिर सामान्य विवाद हुँदा कुटपिट गरेको बताइएको छ। कुटपिटबाट घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने कुटपिट गर्ने दुवै फरार रहेरकाले खोजी भइरहेको प्रहरी चौकी तरहराले जनाएको छ।

यता मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित त्रिवेणी चोक बस्ने २४ बर्षिय बिजय राईसमेत कुटपिटबाट घाइते भएका छन्। उनलाई ६र७ जनाको समुहले बेलुका १० बजेतिर कुटपिट गरेको स्थानियले बताए । कुटपिटबाट घाइते राईको पथरी अस्पतालमा उपचार भईरहेको छ भेन कुटपिट गर्ने समुहको खोजी भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com