बीएण्डसीमा डक्टर्स–डे

बिर्तामोड, फागुन २१। झापाको बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको आयोजनामा डक्टर्स–डे मनाइएको छ ।
हस्पिटलकी अध्यक्ष इन्दिरा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले चिकित्सकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाका लागि मन, बचन र कर्मले काम गर्न निर्देशन दिएका थिए । उनले बीएण्डसीले आवश्यक पूर्वाधारमा लगानी गर्ने कुरामा प्रतिबद्धता समेत जनाएका थिए ।
त्यस्तै कार्यक्रममा प्रस्तावित बी एण्ड सी शिक्षण अस्पतालका प्रिन्सिपल डा. उमेशकुमार शर्माले अस्पतालको स्थापनाले सयौं चिकित्सक र कर्मचारीले काम गर्ने अवसर पाएको बताए ।
सोही कार्यक्रममा हस्पिटलका सर्जन डाक्टर रोहितप्रसाद यादवलाई मेडिकल डाइरेक्टरमा पदोन्नति गरिएको जानकारी दिइयो । हस्पिटलको बोर्ड बैठकले डा. यादवलाई मेडिकल डाइरेक्टर र अर्थोपेडिक सर्जन डाक्टर निराजन पराजुलीलाई डेपुटी मेडिकल डाइरेक्टरमा नियुक्त गरेको बताएको छ ।
कार्यक्रममा हस्पिटलका नवनियुक्त मेडिकल डाइरेक्टर डा. यादवले बीएण्डसीका अघिल्तिर चुनौतिका चाङ रहेको बताए । आफू मेडिकल डाइरेक्टर पदमा पदोन्नति भएको भएता पनि सबै चिकित्सकको सहकार्य बिना काम अगाडि बनाउन नसकिने भएकाले सहकार्यका लागि सबैलाई हातेमालो गर्न उनले चिकित्सकहरुलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रममा हस्पिटलका डेपुटी मेडिकल डाइरेक्टर डा. निराजन पराजुलीले विभिन्न नाम चलेकै अस्पतालमा पनि उपचारमा लापरबाही भएको र गलत विधि प्रयोग गरिएकोजस्ता समाचार आइरहेको बताउँदै बीएण्डसीमा यस्तो समाचार बनाउनुपर्ने अवस्था सिर्जना नगर्न आग्रह गरेका थिए ।
कार्यक्रमको सञ्चालन क्यान्सर रोगका विशेषज्ञ डाक्टर वीरेन्द्र यादवले गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com