भूतपूर्व सैनिक सम्मेलनमा शिविर ( हेर्नुहोस् १० तस्वीर)

झापा, फागुन २२। पूर्वी पृतना हेडक्वाटरमा सञ्चालन भएको नं। १ प्रदेशको भूतपूर्व सैनिक सम्मेलनका अवसरमा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
स्वास्थ्य शिविरमा दुई हजार २ सय १७ जना भूतपूर्व, बहालवाला सैनिक, पारिवारिक निवृत्ति भरणमा रहेका एकल महिला र सैनिकका परिवारहरु लाभान्वित भएका छन् ।
भूतपूर्व तथा बहालवाला सैनिक, पारिवारिक निवृत्ति भरणमा रहेका एकल महिला र सैनिकका परिवारहरुलाई लक्षित शिविर २४ गतेसम्म सञ्चालन हुने बताइएको छ । शिबिरमा बिभिन्न रोगका बिशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण, स्वास्थ्य सम्बन्धी परामर्श, शल्यक्रिया र निःशुल्क औषधि बितरण गरिनेछ ।


सो शिविरबाट १ नं। प्रदेश अन्तर्गतका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा बसोवास गर्ने भूपू तथा बहालवाला सैनिक र सैनिकका परिवारहरुले प्रत्यक्ष लाभ लिनसक्ने छन् ।
त्यसैगरी धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्ला बसोवास गर्नेहरुका लागि फागुन २३ गतेबाट २५ गतेसम्म धनकुटाको हिले ब्यारेकमा र उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा बसोवास गर्नेहरुको लागि उदयपुरको भुल्के ब्यारेकमा फागुन २४ गतेदेखि २६ गतेसम्म सहायक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
उक्त शिबिरबाट यस प्रदेशका अधिकांश भूतपूर्व तथा बहालवाला सैनिक, पारिवारिक निवृत्ति भरणमा रहेका एकल महिला र सैनिकका परिवारहरु लाभान्वित हुने नेपाली सेनाले जनाएको छ ।
भूतपूर्व सैनिक सम्मेलनकै अवसरमा जनसम्पर्क तथा सूचना निर्देशनालयको संयोजकत्वमा इटहरी व्यारेकमा वृहत् फोटो प्रदर्शनी समेत गरिएको छ । उक्त प्रदर्शनीमा नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म झल्काउने विभिन्न फोटोहरु रहेका छन् । सम्मेलनमा आउने भूतपूर्व सैनिक, परिवारजनहरु लगायतलाई नेपाली सेनाको विगतदेखि वर्तमानसम्मको थप जानकारी दिने उद्देश्यले सो प्रदर्शनी गरिएको हो ।
सोही अवसरमा पृतनापति उपरथी गौरब तण्डुलले भूतपूर्व सैनिक, बहालवाला सैनिक तथा एकल महिलाहरुसँग भेटघाट समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com