बलात्कार हुने संसारका दश शीर्ष देशहरु

२३ फाल्गुन २०७४, बुधबार मा प्रकाशित

बलात्कार संसारकै ठूलो सामाजिक रोग हो, गम्भीर मानवीय अपराध हो । सामाजिक रुपले नै प्राचिनकालदेखि महिलाहरुलाई दोस्रो दर्जाको मानिएकोले महिलाहरु चाहे ती जुनसुकै उमेरका किन नहुन बलात्कारको शिकार भएका छन् । महिलाहरुमाथि भेदभाव भएकैले पुरुषहरुले उनीहरुलाई बलात्कार गरेका हुन् । यसरी महिलाहरु बलात्कार हुनु हुँदैन भनेर प्राचिनकालदेखि नै सभ्य समाजले कानूनी र नैतिक बन्धन तथा दण्ड पनि निर्धारण गरेको छ । र, पनि बलात्कारका घटना दिनहुँजसो भइरहनु अत्यन्त निन्दाजनक र पुरुषहरुका लागि लाजमर्दो विषय हो ।
नेपालमा पनि बलात्कारका थुप्रै घटना हुने गरेका छन् । कतिपय सार्वजनिक भएका छन् भने कतिपय सार्वजनिक हुन सकेका छैनन् । समाजले के भन्छ भन्ने दृष्टिले र पीडित महिलालाई नै दोषी देख्ने सामाजिक परिवेशले घटना लुकाउने गरिएका पनि छन् । गाउँ ठाउँमै मिलाउने काम पनि गरिएका छन् । बलात्कारका काण्ड रक्षक स्वयम्बाट भएका घटना पनि बग्रेल्ती छन् । जस्तो बाबु, दाजु, काका, हजुरबा, भाइ, मामा, ससुरा, छिमेकी, अन्य आफन्तहरु नै बलात्कारी भएका छन् । बाहिरका मानिसहरुबाट पनि प्रशस्त संख्यामा बलात्कार भएका छन् । त्यसैले नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान जस्ता मुलुकमा सार्वजनिक भएका बलात्कारका घटना भन्दा बढी घटना भएका हुन सक्छन् । त्यस्तै अधिकांश मुश्लिम देशमा पनि बलात्कारका घटनालाई बाहिर ल्याइँदैन । किनकि लिङ्गभेद मुश्लिम देशहरुमा अधिक छ ।
यी माथि उल्लेखित लिङ्गभेद भएका भनिएका मुलुकमा बलात्कारका घटना महिलालाई हेरिने दृष्टिका कारण भएको भनिए पनि अर्थात् यो पनि एउटा कारण भनिए पनि महिला पुरुष समान भएका मुलुकमा झन् बढी बलात्कारका घटना भएका पाइएका छन् । यस आलेखमा बलात्कारका कारण र तिनको निराकारणका विषयमा चर्चा गर्दा आलेख धेरै लामो हुने भएकोले यहाँ शीर्षक अनुसार बलात्कार हुने शीर्ष १० देशको अवस्थाको मात्र चर्चा गरिनेछ ।
शीर्ष १० देशमा क्रमश
१) अमेरिका ः सुपर पावर अमेरिकामा सबैभन्दा बढी बलात्कारका घटना भएका छन् । तथ्यांक अनुसार त्यहाँ ९९ प्रतिशत पुरुषबाट र एक प्रतिशत महिलाबाट पनि बलात्कार भएका छन् । महिला पुरुष समान भएको र लिङ्गभेद नभएको भनी गर्व गर्ने देश अमेरिकामै बलात्कारका घटना संसारकै देशभन्दा बढी हुनु नै अचम्भको विषय भएको छ । महिलाविरुद्धको हिंसाका बारेमा राष्ट्रिय सर्वेक्षणले देखाए अनुसार प्रत्येक ६ मध्ये एक महिला र प्रत्येक ३३ मध्ये एक पुरुष आफ्नो जीवनमा बलात्कारका शिकार भएका छन् । अमेरिकामा बलात्कारका अधिकांश घटना घरभित्र भएका छन् ।
२) दक्षिण अफ्रिका ः अमेरिका पछि संसारमा दोस्रो धेरै बलात्कारका घटना हुने देशमा दक्षिण अफ्रिका पर्छ । सन् २०१२ मा त दक्षिण अफ्रिका संसारमै बढी बलात्कार हुने देश भएको थियो ।
दक्षिण अफ्रिकाको राजधानी केप टाउनलाई बलात्कार हुने राजधानीका रुपमा ब्याख्या गरिन्छ । दक्षिण अफ्रिका बालिका बलात्कार हुने देशमा शिर्ष स्थानमा आउँछ । यहाँ हरेक तीन जनाम एउटी बालिका बलात्कारको शिकार भएको पाइएको छ ।
३) स्वीडेन ः तेस्रो बढी बलात्कारका घटना हुने देशमा युरोपीय महादेशको स्वीडेन हो । युरोपका देशमा सबैभन्दा बढी बलात्कार हुने देश स्वीडेन हो भन्ने विगत १० बर्षको तथ्यांकले देखाएको छ । सन् २००९ मा करिब १६ हजार बलात्कारका घटना भएका थिए ।
४) भारत ः संसारको चौथो बढी बलात्कारका घटना हुने देश भारत हो । भारतमा बलात्कारका घटना प्राय भइरहन्छ । बलात्कारीलाई फाँसीको सजाय भए पनि भारतमा बलात्कार घटेको छैन । बलात्कारका ९८ प्रतिशत घटना आफन्त वा छिमेकी र चिनेजानेकैबाट भएको पाइएको छ । पछिल्लो तथ्यांका हरेक २२ मिनेटमा भारतमा बलात्कारका घटना भएका छन् ।
५) पाँचौ बढी बलात्कारका घटना हुने देश बेलायत हो । जहाँ प्रत्येक बर्ष ८५ हजार बलात्कारका घटना भएको तथ्यांक छ । संसारकै विकसित देश मानिएको बेलायतमा हरेक बर्ष चार लाख महिला यौन हिंसाका शिकार भएका छन् । भनिन्छ महिलाहरुलाई संसारमा सबैभन्दा बढी सुरक्षा बेलायतमा छ । त्यहाँ प्रत्येक पाँच जनामा १६ देखि ५९ बर्षका महिला केही न केही यौन हिंसामा परेका छन् ।
६) जर्मनी ः विश्वमा छैठौ बढी बलात्कार हुने देशमा जर्मनी पर्छ । बलात्कारका घटना हेर्दा प्रविधिमा धेरै फड्को मारेको जर्मनी मानवीय मूल्य–मान्यतामा पिछडिएको भन्न सकिन्छ । एक तथ्यांक अनुसार जर्मनीमा अहिलेसम्म दुई लाख ४० हजार महिला बलात्कारकै कारणले मरेको पाइएको छ ।
७) फ्रान्स ः सन् १९८० सम्म फ्रान्समा बलात्कारलाई अपराध मानिँदैन थियो । यो देश संसरमा बढी बलात्कार हुने सातौं देशमा पर्छ । १९८० को दशकसम्म बलात्कार नैतिक हिसाबले मात्र गलत मानिन्थ्यो । तर, महिला अधिकारकर्मीको दबाबपछि १९९२ मा मात्र बलात्कारलाई अपराध मान्ने कानुन बन्यो । बलात्कारलाई अपराध मान्न थालिए पनि व्यवहारमा यसलाई नैतिक दृष्टिबाट मात्र हेर्ने प्रचलन अझै हटेको छैन । जब फ्रान्समा यौन हिंसा पनि अपराध हो भन्ने कानून सन् २००२ मा मात्र पारित भयो भने जब फ्रान्समा हरेक बर्ष ७५ हजार बलात्कारका घटना आउन थाले तब महिला विभेद पनि अपराध हो भन्ने कानून गत बर्ष मात्र पारित भयो ।
८) क्यानडा ः संसारमा आठौं बढी बलात्कार हुने देशमा क्यानडा पनि पर्छ । यहाँ प्रत्येक १७ महिलामध्ये एक जना बलात्कारका शिकार भएका हुन्छन् । तर, ६ प्रतिशतले मात्र उजुरी गरेको पाइएको छ ।
भनिन्छ प्रत्येक तीन महिलामा एक महिला कुनै न कुनै रुपमा यौन हिंसाको शिकार भएका छन् । क्यानडामा अहिलेसम्म २५ लाखभन्दा बढी बलात्कारका घटना भएको तथ्यांक छ । तर, यो तथ्यांक कहिले देखिको हो भन्ने प्रष्ट छैन । यहाँ घटना भए पनि प्रहरीकोमा जाने अत्यन्त कम छन् ।
९) श्रीलंका ः बलात्कार बढी हुने नवौं देशमा श्रीलंका पर्छ । गृहयुद्धको लामो अवधिमा सुरक्षाकर्मीबाट व्यापकरुपमा बलात्कारका घटना भए । यौन हिंसाका घटना भए । गृहयुद्ध सकिएको चार बर्षसम्म पनि सुरक्षकर्मीले सर्बसाधारण महिला, बन्दी र विद्रोहीमाथि बलात्कार गरिनै रहेको तथ्यांक छ । श्रीलंकाको जनसंख्याको १४ प्रतिशतभन्दा बढी पुरुषले कुनै न कुनै मौकामा बलात्कार गरेको वा प्रयास गरेको पाइएको छ । बलात्कार गर्नेमध्ये ६५ प्रतिशतले त्यसलाई अपराध मान्दैनन् । बलात्कार गर्ने करिब ६५ प्रतिशतले पटक–पटक बलात्कार गरेको पाइएको छ ।
१०) इथियोपिया ः विपन्न र द्वन्द्वग्रस्त अफ्रिकी देश इथियोपिया दशौं बढी बलात्कार हुने देशमा पर्छ । त्यहाँका ६० प्रतिशत महिला कहीं न कही यौन हिसाका या बलात्कारका शिकार भएका छन् । इथियोपियामा बलात्कार डरलाग्दोरुपमा बढी रहेको छ ।
त्यहाँ महिलालाई जवर्जस्ती अपहरण गरेर लगिन्छ र गर्भवती नहुञ्जेल बलात्कार गरिन्छ । उसको इच्छा विपरीत विवाह गर्नुपर्छ । यो त्यहाँको सामान्य चलन हो । ११ बर्षका बालिकालाई जबर्जस्ती अपहरण गरेर लगी विवाह गरिन्छ र उसको इच्छा विपरीत यौन हिंसाको शिकार बनाइन्छ । यस्तो काम प्रक्रियागत हो भनेर त्यहाँको सेनाले पनि कुनै कारवाही गर्दैन । माथि उल्लेखित संसारका बढी बलात्कार हुने १० देश हुन् । संसारमा महिलालाई जवसम्म बस्तुको रुपमा हेर्ने परम्पराको अन्त्य हुँदैन तबसम्म बलात्कार भइरहन्छ । त्यसैले यस जघन्य अपराधलाई महिला पुरुष र राज्य सबैले मिलेर कानूनी, नैतिक र सामाजिक रुपले अन्त्य गर्न सक्रिय हुनु जरुरी छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विशेषज्ञ प्रा.डा. दिनेश सापकोटाले समाजमा बलात्कार बढ्नुमा दण्डहिनता,सामाजिक परिवेश, लागूपदार्थ र मद्यपानको भूमिका प्रमुख रहेको बताएका छन् । यी विशेषज्ञको कुरा पनि विचारणीय छ भने महिलाहरुले पनि आफन्त वा बाबु दाजुबाट समेत विश्वास नगरी आफ्नो सुरक्षामा विशेष ध्यान दिनु आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here