आगलागीबाट रु १५ लाख बराबरको क्षति

 मोरङ,  फागुन २३। मोरङको बेलबारी–९ का रामबहादुर कार्कीको घरमा गएराति आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

आगोले कार्कीको एक तले घर, घरभित्र भएको एक लाख नगद, सुन चाँदीका गहनासमेत जल्दा रु १५ लाख बराबरको क्षति भएको हो । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे खुल्न नसकेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com