सुनचाँदी व्यवसायी मुखिया पाँच दिनदेखि वेपत्ता

झापा, फागुन २५ । झापाको बिर्तामोडमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायी विगत पाँच दिनदेखि वेपत्ता भएका छन् ।
गत फागुन २० गतेदेखि दावा ज्वयलर्स सुनचाँदी पसलका सञ्चालक २६ वर्षीय साजन मुखिया बेपत्ता भएको मुखियाकी श्रीमती रविना मुखियाले बताउनुभयो । सुन चाँदी व्यवसायी संघ झापाको सभाहलमा उहाँले आज पत्रकार सम्मेलनको आयोजना गर्दै वेपत्ता बनेका आफ्ना श्रीमानको खोजीमा सहयोग पु¥याइदिन सबैलाई आग्रह गर्नुभएको छ ।
मलाइ पसलमा बस्तै गर्नु म मार्केट पुगेर आउँछु भन्दै आइतवार दिउँसो १ ः ४१ बजे फोन सम्पर्क गरेर हिँड्नु भएका मेरा श्रीमानको अहिलेसम्म कुनै अत्तोपत्तो छैन सबैतिर खोजी भइसक्यो , प्रहरीलाई पनि त्यही दिन राति खवर गरेका छौं साजनकी श्रीमती रविनाले भन्नुभयो –‘ तपाइहरुले पनि उहाँको खोजीका लागि सहयोग पु¥याइदिनु होस् ।’
यता सुनचाँदी व्यवसायी संघ झापाले पनि साजनको खोजीका लागि सहयोग पु¥याउन सबैलाई आग्रह गरेकोा छ । संघका अध्यक्ष राजु धमलाले प्रहरीलाई समेत उनी वेपत्ता बनेको जानकारी गराएको बताएका छन् । इलाका प्रहरी कर्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोईरालाले घटनाका विषयमा सबै संयन्त्र परिचालन गरिसकिएको र आफूहरु अति संवेदनशील भएर अनुसन्धान गरिरहेको बताउनुभएके छ ।
बेपत्ता सुनचाँदी व्यवसायी साजनको स्थाइ घर बिराटनगर भए पनि उहाँ बिगत १० वर्षदेखि झापाको बिर्तामोडमा बस्तै आउनुभएकोा छ । साजनले सुनचाँदी व्यवसाय बिगत दुई वर्षदेखि मात्रै सञ्चालन गरिरहेको सुनचाँदी सुद्धता अनुगमन समिति संयोजक राजेश सोनीले जानकारी दिनुभयो ।–––

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com