त्रिभुवन आर्मी फाइनलमा

झापा, फागुन २६ । झापा गोल्डकपको तेस्रो संस्करण अन्तरगत आज भएको अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

मनाङ मस्र्याङदी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लवले फाइनलको यात्रा तय गरेको हो । अब उपाधिका लागि सोमवार आर्मीले रमपम झापा ११ को सामना गर्नेछ ।

आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बनेको थियो । श्रेष्ठले खेल शुरु भएको दुई मिनेटमै गोल गरेका थिए ।
डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब भने यो पटक सेमिफाइनलबाटै वाहिरिएको छ । तीन बिदेशी खेलाडी सहित मैदानमा उत्रिएको मनाङका लागि खेलको १० मिनेटमा भिक्टोरले गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । अञ्जन बिष्टको फ्रि किकमा भिक्टोरले गरेको कडा प्रहार बारमा लागेर फर्किएको थियो । २४ औं मिनेटमा सुजल श्रेष्ठले गरेको क्रस पासमा बिमल रानाले डि बक्समा पाएको बललाई फितलो प्रहार गरेका थिए । ५९ औं मिनेटमा बिशाल राइको क्रस पासमा अञ्जन बिष्टले गरेको हेडर आर्मीका गोलरक्षक बिकेश कुथुले पञ्च गरेर बाहिर फ्याँकिदिएका थिए ।


ञखेलको म्यान अफ दी म्याच त्रिभुवन आर्मीका गोलरक्षक बिकेश कुथु घोषित भए । उनले नगद २५ हजार रुपैया पुरस्कार पाएका छन् । म्यान अफ द म्याचको पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एशोसियट्सले उपलब्ध गराउदै आएकोा छ ।
प्रतियोगिताको बिजेताले नगद १२ लाख ५१ हजार र उपबिजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com