सुन व्यवसायी मुखियाको हत्या आरोपमा माओवादीका पूर्व लडाकु सहित तीन पक्राउ

झापा,फागुन २९ । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
स्रोतका अनुसार ऋद्धिशिद्धी ज्वेलस बिर्तामोडका सञ्चालक पारस देव सहित माओवादीका पूर्व लडाकु प्रकाश ओली र अर्का एक व्यक्ति रहेका छन् ।

माओवादीका पूर्व लडाकु पाँचथरको फिदिमबाट गएराति पक्रउ परेका हुन् भने अर्का एक व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले सार्वजनिक भने गरेको छैन ।
गत फागुन २० गतेदेखि वेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमवार शव फेला परेको छ ।
उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com