चट्याङ लागेर मृत्य

२९ फाल्गुन २०७४, मंगलवार मा प्रकाशित

झापा, फागुन २९ । सोमवार राति झापाको भद्रपुरमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका – १ निवासी १९ वर्षीय यामबहादुर लिम्बू रहेका छन् । उनलाई गएराति वर्षासंगै परेको चट्याङले लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here