‘वाउन्सर’को प्रयोग गरेर आफ्नै साथीको हत्या

 

झापा, फागुन २९ । बिर्तामोडमा रहेको ऋद्धिशिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ ।

उनले आफ्नै पसलमा राखेका ‘वाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या गरेको खुलासा भएको हो । गत फागुन २० गतेदेखि वेपत्ता बनेका साजनलाई पारसले बिर्तामोडस्थित आफ्नै घरमा पु¥याएर हत्या गरेको प्रहरीले आज पत्रकार सम्मेलन गर्दै घटनाका विषयमा जानकारी गराएको छ ।

घटनामा सम्लंग्न भएको भन्दै ऋद्धिशिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय देव सहित बिर्तामोड– ८ त्रिवेणी टोल निवासी १९ वर्षीय दिपेश पौडेल र तेह्रथुमको छातेढुङ्गा ८ घर भई बिर्तामोड – ३ शैनिक मोड बस्तै आएका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुलाई मानव अपहरण तथा शरीर वन्धक , खुन डाका र संगठित अपराध अन्तरगत मुद्धामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केशीले जानकारी दिनुभयो । पक्राउ परेका ओली माओवादीका पूर्व लडाकु भएको बताइएको छ । उनी ऋद्धिशिद्धि ज्वेलर्समा ‘वाउन्सर’को रुपमा कार्यरत रहेको बताइएको छ ।

प्रहरीले उनीहरुका साथबाट घटनामा सम्लग्न भएको एक थान स्कुटर र सुनका गहरगहना , सिम सहितका ६ थान मोवाइल सेट समेत बरामत गरेको प्रहरी उपरीक्षक केशीे बताउनुभयो । घटनामा संम्लग्न अन्य व्यक्तिपनि रहेकाले उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ । हत्यामा संम्लग्न मध्ये ओलीलाई प्रहरीले तेह्रथुमको संग्रान्ती वजारबाट सोमवार नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार मृतक मुखिया र ऋद्धिशिद्धि ज्वेलर्सका सञ्चालक बिर्तामोडका ठूला सुन व्यपारी हुन् । उनीहरुले लामो समयदेखि सुनको कारोवार गर्दै आएको बताइएको छ ।

गत फागुन २० गते श्रीमतीलाई मार्केट पुगेर आउँछु भन्दै हिँडेका उनी एकाएक वेपत्ता भएका थिए । वेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमवार मात्र शव फेला परेको थियो । उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब १०० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो । दुवैहात पछाडि बाधेर, घाँटीमा डोरीले कसेको र वोरामा प्याक गरेर फालिएका साजनको हत्या भने झापामै भएको प्रहरीले जनाएको छ ।

यता सुन व्यवसायीको हत्याको विरोधमा आज विर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले बिर्तामोड बजार बन्द गराएका थिए । तस्विर पनि छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com