ट्यांकर चालकहरुले आन्दोलन स्थगित

झापा, चैत २ । नेपाल आयल निगमले तेल ट्यांकरहरुमा ‘लकिङ सिस्टम’ लागू गरेपछि त्यसको विरोधमा उत्रिएका ट्यांकर चालकहरुले आन्दोलन स्थगित गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापामा आज भएको सर्वपक्षीय वार्तापछि ढुवानी मजदुरले आन्दोलन स्थगित गरेका हुन । चालकहरुको आन्दोलन स्थगनसँगै पूर्वीमा बढेको तेलको संकट समाधान हुने भएको छ ।
आयाल निगमका कर्मचारी, ट्यांकर मजदुर संघका पदाधीकारी, डिलर्स एसोसिएसनका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको वार्तापछि ट्यांकर मजदुरहरुले आन्दोलन स्थगित गर्न सहमत भएका हुन् ।
मजदुर संघले निगमलाई बुझाएका १५ बुँदे माग सबैभन्दा पहिला सुनुवाई हुनुपर्ने माग राखेका थिए । वार्तामा सात सदस्यीय तलब भत्ता समायोजन समिति गठन गरिएको छ ।
पेट्रोलियम डिलर्स एसोसिएसन मेचीका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाको संयोजकत्वमा मजदुर, आयल निगमका कर्मचारी र डिलर्स पदाधिकारी सम्मिलित समिति गठन गरिएको हो । आन्दोलन स्थगित भएसँगै सिलीगुढी डिपोबाट झापासहित पूर्वका चार जिल्लामा शनिबारदेखि पेट्रोलियम पदार्थ ढुवानी हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com