गुडिरहेको बसको चक्का खुस्किएर

बिर्तामोड, चैत १८ । गुडिरहेको बसको चक्का खुस्किएर लाग्दा झापाको दमकमा आज एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका – ८ निवासी ७१ वर्षीया हरिमाया पाण्डे रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सडक किनारमा पैदल हिँडिरहेकी उनलाई दमकको पशुहाट सडक खण्डमा गुडिरहेको को १ ख ५४३६ नम्वरको वसको पछाडिको चक्का खुस्किएर लागेको थियो ।
चक्काले लागेर पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । –––

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com