इवलिन हलिउड ताक्दै

इवलिन शर्माले बलिउडका ठूला नाम डेविड धवन, रोहन सिप्पी, दिव्या खोसला कुमार, अयान मुखर्जी तथा इम्तियाज अलीसंग मैं तेरा हिरो, नौटंकी साला, यारियां, ये जवानी है दिवानी तथा जब हेरी मेट सेजलजस्ता चलचित्रमा काम गरिसकेकी छिन् । हालै मात्र उनले चलचित्र उद्योगलाई त्यतिबेला अचम्म पारिन्, जब उनी बलिउडबाट वल्र्ड पिस एन्ड युनिटीमा भाषण दिन अमेरिका पुगिन् ।

अमेरिकी राष्ट्रपतिद्वारा आयोजित उक्त नेसनल प्रेयर ब्रेकफास्टमा विश्वका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो र शर्मा त्यहाँ बलिउडकी एक्ली वक्ता थिइन् । यसबीच ईवलिनको लगातारको अमेरिका भ्रमणलाई उनको हलिउड चलचित्रको पदार्पणका लागि त होइन भन्ने अनुमानसमेत गर्न थालिएको छ । हालैको उनको एउटा ट्विटले पनि त्यसतर्फ संकेत गरेको छ । शर्माले लेखेकी छिन्– सुपर एक्साइटिङ समय, कसैले आफ्ना बारेमा जिज्ञासा राख्नु र स्क्रिप्ट पढ्न पाउनु पनि सौभाग्यकै कुरा हो ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com