काँग्रेस कार्यालय पाँच दिन बन्द

१८ चैत्र २०७४, आईतवार मा प्रकाशित

 

काठमाडौँ, चैत १८ । नेपाली काँग्रसले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको निधनमा पाँच दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले सात दिन पार्टीको झण्डा आधा झुकाउने समेत निर्र्णय गरेको छ ।

आइतबारदेखि ९आज० बिहीबारसम्म केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेश स्थित जनसम्पर्क समितिका कार्यालयहरु बन्द गर्ने तथा शोकरश्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने बैठकले निर्णय गरेको हो ।

सात दिनसम्म केन्द्र लगायत पार्टी मातहतका सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने समेत बैठकले निर्णय गरेको केन्द्रीय कार्यालय मूख्यसचिव कृष्णप्रसाद पौडलले जानकारी दिए ।

नेता खड्काको १३ औँ दिनको पुण्य तिथिमा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना पनि गर्ने भएको छ । काँग्रेसका पूर्वमहामन्त्री समेत रहेका खड्काको गएको शुक्रबार नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here