गोकर्ण विष्ट‘एक्शन’मा उत्रिए  – म्यानपावरको दर्ता रोकियो

काठमाडौँ,  चैत १८ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको निर्देशनपछि वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालयमा बिना दरबन्दी हाजिर गरेका कर्मचारीहरुले रमाना बुझेको एक हप्ता नबित्दै अर्काे काम समेत शुरु भएको छ ।

मन्त्री गोकर्ण विष्टको निर्देशनसँगै नयाँ म्यानपावरको दर्ता पनि रोकिएको छ । म्यानपावर दर्ताको नाममा घुसको खेती हुने गरी जानकारी पाएपछि श्रममन्त्री विष्टले तत्काल दर्ता प्रक्रिया रोक्न निर्देशन दिएका थिए ।

नयाँ म्यानपावर दर्ताका लागि सातलाख रुपैयाँ नगद र २३ लाख रुपैयाँ बैंक ग्यारेन्टीसहित ३० लाख रुपैयाँ धरौटी राख्नुपर्छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ म्यानपावर दर्ता तत्काललाई रोकिएको छ ।

मन्त्री विष्टको निर्देशनपछि वैदेशिक रोजगारीका सिलसिलामा समस्यामा परेका कामदारको राहत, उद्दार लगायत विभिन्न विषयलाई प्रथामिकतामा राखेर काम भइरहेको विभागले जनाएको छ । चालू आर्थिक वर्षमा मात्रै दुईसय भन्दा बढी म्यानपावर कम्पनी दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com