वैंकमा सुनका नक्कली गरगहना राखेर २७ लाख ठगी गर्ने थुनामा

बिर्तामोड,जेठ २२ । राष्ट्रिय वाणिज्य वैंक र नेपाल वैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका मध्ये तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
विभिन्न मितिमा राष्ट्रिय वाणिज्य वैंक लिमिटेड बिर्तामोड,धुलावारी शाखा र नेपाल वैंक लिमिटेडको धुलावारी शाखामा सुनका नक्कली गरगहना राखेर वैक ठगी कार्यमा ६ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये तीन जना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला अदालत झापाको आदेशमा बिर्तामोड– ५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का , मेचीनगर–७ इँटाभट्टा निवासी ३५ वर्षीय शम्भू खत्री, बिर्तामोड–३ निवासी ४३ वर्षीय राजकुमार तामाङ पुर्पक्षका लागि जेल चलान भएका हुन् । तामाङ राष्ट्रिय वाषिज्य वैंक बिर्तामोडका नगद सहायक (खजान्ची) हुन् ।
यता पक्राउ परेका मध्ये बिर्तामोड – ५ निवासी ४५ वर्षीय राजकुमार श्रेष्ठ,मेनपा – १२ निवासी ४९ वर्षीय गणेश प्रधान र मेनपा – १० निवासाी ३३ वर्षीय प्रवेश अधिकारी धरौटीमा छुटेका हुन् ।
श्रेष्ठलाई ३ लाख ९८ हजार, प्रधान र अधिकारीलाई ७०÷७० हजार धरौटी माग भएकोमा उनीहरु बुझाएर छुटेका छन् । –––

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com