चट्याङ लागेर मृत्यु

झापा, चैत २८ । वर्षासंगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका – १ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलवार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्वालाको काम गर्दै आएका उनलाई भारतको सुरिभिट्टा बजारमा दूध पु¥याएर घर फर्कने क्रममा नेपाल भारतको सिमानामा चट्याङ लागेको थियो ।
चट्याङ लागेर वेहोस बनेका उनलाई स्थानीयले बिर्तामोडस्थित अस्पताल पठाएपनि रातिनै उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी प्रमुख नेत्र रानाले जानकारी दिनुभयो । –––

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com