बिर्तामोडमा सुविधा सम्पन्न होटल ग्राण्ड प्यासेफिक

३० चैत्र २०७४, शुक्रबार मा प्रकाशित

 

बिर्तामोड, चैत ३० । दुई करोड रुपैयाको लगानीको झापाको बिर्तामोडमा होटल ग्राण्ड प्यासेफिक प्रा.लि. सञ्चालनमा आएको छ ।

सेवाग्राहीलाई स्वादिष्ट, सफा, स्वच्छ, गुणस्तरीय, स्वाथ्यवद्र्धक एवम् ताजा परिकार उपलब्ध गराउँदै सुविधासम्पन्न लजको व्यवस्थासहित होटल ग्राण्ड सञ्चालनमा आएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

२०७५ सालको उपलक्षमा होटल सञ्चालनमा ल्याइएको बताइएको छ । सेवाग्राहीलाई आकस्मिक उपचार सेवा चाहिएमा त्यसको समेत व्यवस्थासहित निकट भविष्यमै एयर टिकट ट्राभल्स सञ्चालन गर्ने र आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणका लागि टुर प्याकेज समेत सञ्चालन गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अन्डरग्राउण्डसहित सात तलाको होटल रहने बताइएको छ । युवा व्यवसायी देवीप्रसाद मैनाली, डिल्लीराम मैनाली, डा. लक्ष्मीप्रसाद मैनाली, गोपालप्रसाद मैनाली, अर्जुनकुमार मैनाली र सागर मैनालीको संयुक्त लगानी रहेको बताइएको छ ।

होटलमा २५ जना युवाले प्रत्यक्ष रोजगारी पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । होटलको अन्डरग्राउण्डमा गाडी पार्किङ, ग्राउण्ड फ्लोरमा होटल एवम् रेष्टुरेण्ट, पहिलो तलामा पूर्णरुपमा बार रहने र दोस्रो, तेस्रो र चौथो तलामा सुविधासम्पन्न डिलक्स रुमहरु रहने जानकारी दिइयो ।

होटलको पाँचौ तलामा पार्टी एवम् गुणस्तरीय सेमिनार हल रहेको बताइएको छ । एकै पटकमा एकसय जनासम्मलाई सेवा दिन सकिने र सेमिनार हलमा दुईसय जनासम्मको कार्यक्रम गर्न सकिने बताइएको छ । २४सै घण्टा एसी एवम् लिफ्टको व्यवस्था होटलमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here