कन्काई कलेजको स्विमिङ पुलमा डुबेर मृत्यु

 

झापा, वैशाख २ । झापाको बिर्तामोड नगरपालिका – ५ कन्काई कलेजमा रहेको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका – ९ निवासी २४ वर्षीय दिपक बस्नेतको शनिबार दिउँसो स्विमिङ पुलमा डुवेर मृत्यु भएको हो । दिउँसो स्विमिङ गर्न आएका उनी स्विमिङ गर्ने क्रममा डुवेका थिए ।

वस्नेत डुवेको स्थानीयले थाहा पाएर उपचारका लागि बिर्तामोडस्थित विएण्डसी हस्पिटल पु¥याएपनि उनको अस्पताल प¥याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । –––

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com