एक ट्राफिक, हजार सवारी

१३ बैशाख २०७५, बिहीबार मा प्रकाशित

झापा, वैशाख १३ किलोमिटर सडक हेनुपर्ने बाध्यता रहेको छ । ७७ जना ट्राफिक प्रहरीले १७ वटा युनिटमार्फत झापामा ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए ।
यातायात ब्यवस्था कार्यालय मेचीमा एक लाख ५ हजार भन्दाबढी सवारी दर्ता भएका छन् । झापामा मेचीका मात्र नभई कोशी, सगरमाथा, बागमती लगायतका अञ्चलका सवारी पनि गुड्ने भएकाले ट्राफिक प्रहरीलाई एक हजारभन्दा बढी सवारी एक जनाको भागमा पर्ने गरेको ट्राफिक प्रहरी प्रमुख राईले बताए ।
दिन प्रतिदिन सवारीको संख्या बढ्नुका साथै जनघनत्व बढ्दै जाँदा समेत सडक फराकिलो पार्ने काम भने सुस्त गतिमा अघि बढिरहेको छ । चुनावको समयमा बिर्तामोडमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मेचीदेखि कोशी ब्यारेजसम्म ६ लेनको सडक बनाउने बताएका थिए । चुनाव जितेर उनी प्रधानमन्त्री भएको दुई महिना बितिसकेको छ । तर, हालसम्म पूर्व–पश्चिम राजमार्गको डीपीआर समेत तयार भइनसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । दैनिक रुपमा सवारी भित्र्निे क्रम बढ्दै जानु तथा सडक फराकिलो नहुनु नै सवारी दुर्घटनाको प्रमुख कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कालीदास रेग्मीले बताए । उनले भने– एक जना ट्राफिक प्रहरीको भागमा एक हजार भन्दाबढी सवारी हेर्नुपर्ने अवस्था छ । सबै स्थानमा ट्राफिक प्रहरीको उपस्थिति नहुन सक्छ, त्यस्तो स्थानमा चालकको मनपरी चल्छ र दुर्घटनाको जोखिम त्यत्तिकै हुन्छ ।
झापामा १६६ किलोमिटर कच्ची, १७६ किलोमिरट पक्की र २७६ किलोमिटर ग्राभेलका साथै ५५ किलोमिटर पूर्व–पश्चिम राजमार्ग रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए । उनले भने–एक जना ट्राफिक प्रहरीको भागमा आठ किलोमिटर बढी सडक हेर्नुपर्ने बाध्यता रहेको छ । पछिल्लो समय राजमार्ग क्षेत्रमा भन्दा भित्री सडकमा सवारी दुर्घटना बढ्दै गएको छ ।
मेची अञ्चलकै सबैभन्दा धेरै सवारीको चाप भएको जिल्ला झापामा ७७ जना मात्र ट्राफिक प्रहरी रहेको जनाइएको छ । पछिल्लो समय मोटरसाइकलपछि अटो रिक्साको चाप अधिक रहेको झापामा सात सय भन्दाबढी टेम्पोहरु सञ्चालनमा छन् । दक्ष चालक नहुनुले पनि टेम्पोले दुर्घटनाको जोखिम बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राईले बताए ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय र हलेंसी ट्रेड लिङ्क बिर्तामोडको संयुक्त आयोजनामा शनिबार झापाका टेम्पो चालकहरुलाई ट्राफिक नियम, कारबार्ही लगायत दुर्घटनाको विषयमा सचेतना कार्याक्रम सम्पन्न भएको छ ।
नेपालमा ३० हजार भन्दाबढीको संख्यामा अटो रिक्सा अर्थात् टेम्पोहरु रहेको हलेंसी ट्रेड लिङ्कका प्रोप्राइटर चूडामणि पौडेलले जानकारी दिए । उनले टेम्पो चालकहरुलाई ट्राफिक नियमको पालना गर्न सुझाव समेत दिएका थिए । टेम्पो चालकहरुलाई इमान्दारिता देखाउन आग्रह गर्दै उनले चालकहरुले दैनिक एक हजार भन्दाबढी रकम कमाउने गरेको बताए ।
कार्यक्रमको सहजीकरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राईले ट्राफिक संकेत, जेब्राक्रस तथा पैदलयात्रीको आवागमनमा विशेष ध्यान दिन चालकहरुलाई सचेत गराएका थिए । उनले जथाभाबी सवारी पार्किङ गरे, यात्रीलाई गन्तव्यसम्म पु¥याउन अटेर गरे, बढी भाडा लिए तथा मादक पदार्थ सेवन गरेर सवारी चलाएमा एक हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने जानकारी दिए ।
उनले सवारी चालक र ट्राफिक प्रहरीको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने भन्दै ट्राफिक नियम पालना गर्न सहयोग गरेर झापाको ट्राफिक ब्यवस्थापनमा सहयोग गरिदिन सबैसँग आग्रह समेत गरेका छन् । ट्राफिक प्रहरी प्रमुख राईले अबको केही समयमा नै टेम्पोको लाइसेन्स खुल्ने जानकारी दिँदै लाइसेन्स खुलिसकेपछि ट्राफिक प्रहरी कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन् । कार्यक्रममा वाइआरएस नेपालकी संयोजक रोजिना पाण्डेले ट्राफिक नियम र सडकको अवस्थाको बारेमा चालकहरुलाई जानकारी गराएकी थिइन् ।
झापामा सवारी दुर्घटना बढ्न थालेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रमलाई तीब्र बनाएको हो । अबको केही समयमा नै अन्य सचेतनामूलक कार्यक्रमका साथै विभिन्न नयाँ कार्यक्रमहरु प्नि ल्याउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here