मेची वस व्यवसायी संघका अध्यक्ष सहित सात पक्राउ

२१ बैशाख २०७५, शुक्रबार मा प्रकाशित

झापा, वैशाख २१ । सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात व्यवसायी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेची वस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती , हिमाल यातायात संघका कार्यवहाक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती , निर्देशक वुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा, पूर्वी वस व्यवसायी संघका अध्यक्ष केशव गिरी रहेका छन् ।
उनीहरुलाई गृह मन्त्रालयको निर्देशनमा पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।
पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।
यता विहानैबाट सार्वजनिक यातायात नचल्दा झापा सहित पूर्वको जनजीवन प्रभावित छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here