प्रदेश नं. १ अध्यक्षमा बिक्रम लुईटेल निर्वाचित

झापा, वैशाख २२ । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको अध्यक्षमा विक्रम लुईटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।
आज सम्पन्न निर्वाचनमा लुइटेलसहित संयुक्त प्यानलले जीत हाँसिल गरेको हो ।
अध्यक्षका उम्मेदवार लुईटेलले ९३१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा सोमनाथ सुसेली ९२३ मतका साथ विजयी हुनुभएको छ ।
महिला उपाध्यक्षमा स्मीता निरौला ८५८ मतका साथ विजयी हुनुभएको छ । महासचिवमा विवेक गौतम ८८४ मतका साथ विजयी हुनुभएको छ ।
त्यस्तै समावेशी सचिवमा बुद्धवीर राई, खुल्ला सदस्यहरुमा डिल्लीराम खतिवडा, तीर्थ सिग्देल, बुद्धिप्रसाद लामिछाने (बिमल), विपेन्द्र गौतम र शशी कोइराला निर्वाचित हुनुभएको छ ।
मधेशी सदस्यमा जयकृष्ण यादव र ब्रम्हदेव यादव निर्वाचित हुनुभएको छ ।
यद्यपी केन्द्रीय निर्वाचन समितिले भने आधिकारिक परिणाम घोषणा गर्न बाँकी छ ।
यसअघिनै महासंघको १ नं. प्रदेश समितिको खुल्ला सचिवमा हरिकुमार राई, कोषाध्यक्षम अम्बिका भण्डारी, महिला सदस्यमा रिता मोक्तान, तीलकुमारी शर्मा, रेजिना गौतम, समावेशी सदस्यमा केशव लामा, गणेश साम्पाङ, दलित सदस्यमा सन्तोष रुचाल र अल्पसंख्यक सदस्यमा इकलाव अहम्मद निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com