बिर्तामोडमा बजाज आरीको टेस्ट ड्राइव

२२ बैशाख २०७५, शनिबार मा प्रकाशित

बिर्तामोड, बैशाख २२। हंशराज हुलास कम्पनी प्रालिको आयोजना र हलेंसी ट्रेड लिंक बिर्तामोडको सहआयोजनामा बिर्तामोडमा एक दिने टेस्ट ड्राइव तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
बजाज आरीका सेवाग्राहीलाई मध्यनजर गर्दै कम्पनीले आयोजना गरेको टेस्ट ड्राइवमा ८ सय ३१ चालक सहभागी थिए । बिर्तामोडस्थित सुगम पेट्रोल पम्प नजिकै भएको कार्यक्रममा शिव परियार लगायत राष्ट्रिय स्तरका कलाकारले सांगीतिक प्रस्तुति दिएसँगै बजाज आरीका सेवाग्राही रमेका थिए । बिर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हलेंसी ट्रेड लिंकका सञ्चालक चूडामणि पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । विश्वमा नम्बर १ ब्राण्ड बनेको बजाज आरीले नेपालमा पनि एकै बर्षमा १२ हजार भन्दा बढीलाई रोजगार दिएको गोल्छा अर्गनाइजेशनका डाइरेक्टर अभिमन्यु गोल्छाले बताए ।
झापामा पनि बजाज आरीले हजार भन्दाबढीलाई रोजगारी दिएको हलेंसी ट्रेड लिंकका सञ्चालक पौडेलले जानकारी दिए । रोजगारीको माध्यम बनेको बजाज आरीको व्यवस्थापनमा नगरपालिका र ट्राफिक प्रहरीले सहयोग गरे रोजगारीको अवसर दोब्बर हुने उनको भनाइ छ । सोही अवसरमा बजाज आरीका चालकको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । सर्वसाधारणलाई समेत लक्षित गरेर आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ११ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

सोही अवसरमा सात जनाले इ–रिक्सा एक्सेञ्ज गर्दा १० हजार रुपैयाँ छुट प्राप्त गरेका छन् । इरिक्सा एक्सेञ्जसँगै उनीहरुले शनिवारबाट उनीहरुले बजाज आरी चलाउने भएका छन् । कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइराला, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईको आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन राजा राजेन्द्र पोखरेलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here