हर्कटेमा पानीको हाहाकार

इलाम बैशाख २३ । बाटो निर्माणको क्रममा पाइप लाइन चँुडिएपछि इलामको हर्कटे बजारमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको छ ।
सूर्योदय नगरपालिकाले हर्कटे–जिर्मले सडकको बिस्तार गर्दा हर्कटेमा बितरित खानेपानीको पाइपमा अवरोध आएपछि हर्कटे बजारमा खानेपानीको समस्या भएको हो ।
अग्लो स्थानको बस्ती पछिल्लो समय बजारमा बिकसित भएकोले त्यहाँ जनसंख्या बढेको छ । निक्कै उचाइमा रहेको हर्कटे बजारमा सहज रुपमा पानी नआउने भएपछि करिव ३ सय मिटर तलबाट पानी तानेर बजारमा बितरण हँुदै आएको छ । २०५७ सालबाट हर्कटेमा त्यसरी पानी बितरण हुँदै आएको हो । खोल्छीबाट बिद्युतीय मोटरले तानेर बजारमा खानेपानी बितरण गरिँदै आएको थियो ।
बजार बिस्तारसँगै खानेपानीको अभाव हुन थालेपछि पुनः दुई सय पचास मिटर तलबाट अर्को मुहानको ब्यवस्था गरेर पानी संकलन गरिँदै आएको छ । तीन तहमा संकलन गरिएको पानी हर्कटे प्रहरी चौकी भवन मास्तिर डाँडोमा संकलन गरिन्छ । अलग–अलग तीनबटा ट्याङ्कीमा भण्डारण गरेर आलोपालो पद्धतिमा बजारमा पानी बितरण गरिँदै आएको हर्कटे खानेपानी उपभोक्ता समितिका सचिब मुकुन्द पौडेलले बताए । ‘मुहानको ट्याङ्कीमा जम्मा गरेको पानी मोटरको प्रयोग गरेर रिजर्भ ट्याङ्कीमा जम्मा गरिन्छ– सचिब पौडेलले भने– यसरी जम्मा गरेको पानी सुकेपोखरी क्षेत्रमा र हर्कटे बजारको दुईपाटामा पालो मिलाएर बितरण गरिँदै आएको छ ।
हर्कटे बजारको पूर्बी भागमा बाटो बिस्तार गरिँदा मूल ट्याङ्कीमा जाने मुख्य पाइपमा अबरोध भएको कारण पानी अभाव भएको हो । पानी नहँुदा बजारबासी काकाकुल सरह भएको बजारबासी हेमन्ता निरौलाले बताइन् । बाटोको माटो मिलाउने क्रममा माटोभित्र नै पाइप चुँडिएको छ– निरौलाले सुनाइन्– ‘स्काभेटरकै प्रयोग गरेर पाइप निकाल्नु पर्ने भएको कारण सिङ्गो बजारमा पानीको समस्या भएको हो ।’ उपभोक्ता समितिले मर्मत गरिरहेकोले केही दिनमा पानी सुचारु हुन सक्ने स्थानीय खड्ग सुबेदी बताउँछन् ।
बाटोको कारण केही समस्या भए पनि त्यो भन्दा धेरै समस्या बिजुलीको अनियमितताको कारण हर्कटेमा पानीको समस्या भएको सूर्योदय नगरपालिका–६ नम्बर वडा अध्यक्ष शिब बस्नेत बताउँछन् । पानीको बिषयलाई लिएर केही स्थानीयबासीले मलाई दुव्र्यवहार पनि गरे– वडाअध्यक्ष बस्नेतले भने– म जनताको प्रतिनिधि भएकाले सबैको समस्यालाई आफ्नै समस्या सरह सम्झेर समाधान गर्ने प्रयास गरिरहेको छु । मर्मत गर्दा लागेको खर्च वडा कार्यालयले भुक्तानी गरिदिने पनि बताएको वडा अध्यक्ष बस्नेतले जानकारी दिए । पछिल्लो समय ६ नम्बर वडा अध्यक्ष र हर्कटेका केही बासिन्दाबीच बाटो र पानीको बिषयमा असमझदारी बढेकाले स्थानीयले सास्ती खेप्नु परेको स्थानीयले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com