जेसीज पूर्वअध्यक्ष समाजमा बस्नेत

२३ बैशाख २०७५, आईतवार मा प्रकाशित

चारआली, बैशाख २३। जेसीज पूर्वअध्यक्ष समाज झापाको अध्यक्षमा वीरता जेसीजका पूर्वअध्यक्ष विनोद बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार भएको तेस्रो साधारणसभाबाट दुई बर्षे कार्यकालका लागि बस्नेत निर्विरोध भएका हुन् । उनी नेपाल जेसीजको पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष समेत हुन् । बस्नेतले जेसीज अभियानमा पु¥याएको योगदानको कदर गर्दै यसैबर्ष नेपाल जेसीजमार्फत् जेसीआई सिनेटरसिप समेत प्राप्त गरेका छन् । समाजको उपाध्यक्षमा रमेश पोखरेल, महासचिवमा विष्णु रिमाल, सहसचिवमा ऋषिराज तिम्सिना, कोषाध्यक्षमा इन्दीवर खड्का निर्विरोध निर्वाचित भएका छन् ।


त्यस्तै सदस्यहरुमा देवी भण्डारी खड््का, रजनी बजगाई, कुमारमणि पोखरेल, नरेन्द्र बराल, पुनितकुमार बंशल, बद्री निरौला, सेमन्त पोखरेल निर्विरोध निर्वाचित भएका छन् भने ६ जना अध्यक्षले पछि मनोनयन गर्ने बताइएको छ ।
चारआली जेसीजको आतिथ्यमा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले गरेका थिए । समाजका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा भएको समारोहमा झापामा रहेका १४ वटा जेसीज शाखा मध्ये सन् २०१७को उत्कृष्ट शाखाको रुपमा मेचीनगर लेडी जेसीजलाई नगद ११ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । कार्यक्रममै मृगौला रोगबाट पीडित धुलावारी जेसीजका पूर्वअध्यक्ष तथा पत्रकार अमृतलाल श्रेष्ठलाई समाजले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सोही समारोहमा स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु वीरता जेसीजका पूर्वअध्यक्ष तथा बिर्तामोड नगरका प्रमुख धु्रवकुमार शिवाकोटी, बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष मेचीनगर ४का वडाध्यक्ष नवीन बराल, धुलावारी जेसीजका पूर्वअध्यक्षा मेचीनगर नगरकार्यपालिकाको सदस्य कृष्ण कनाल र कमल नगर जेसीजका पूर्वअध्यक्ष कमल गाउँपालिका वडा नं. १का अध्यक्ष केदार कटुवाललाई सम्मानपत्रसहित सम्मान गरिएको छ । महासचिव रमेश पोखरेलले सञ्चालन गरेको कार्यक्रममा संयोजक चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णु रिमालले स्वागत, चारआली जेसीजका अध्यक्ष रोहित दाहालले धन्यवाद ज्ञापन र सञ्जय निरौलाले आस्था वाचन गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट शाखा छनौट समितिका तर्फबाट संयोजक बिनोद बस्नेतले उत्कृष्ट शाखाको घोषणा गरेका थिए ।
झापाका जेसीज शाखामा एक सय ८० जना पूर्वअध्यक्ष मध्ये १ सय २० जनाले आजीवन सदस्यता लिएका छन् । कार्यक्रममा प्रमुख अतिथि आचार्य, सम्मानित शिवाकोटी, नेपाला जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । समाजको चौथो साधारणसभा आगामी बर्ष बुधवारे जेसीजको आतिथ्यमा हुने भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here