२४४ को आँखा परीक्षण

२४ बैशाख २०७५, सोमबार मा प्रकाशित

बिर्तामोड, बैशाख । झापाको बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोग तथा मानवीय सेवा उद्धार केन्द्रको सहकार्यमा भएको शिविरमा दुई सय ४४ जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा सहभागीमध्ये २२ जनामा मोतिया विन्दु भेटिएकाले निःशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल बिर्तामोड पठाइएको संस्थाका विजय बस्नेतले जानकारी दिए ।
संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष बस्नेतले जानकारी दिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुवास भट्टराईले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here