नक्कली राहदानी बनाउने लिङ्देन पक्राउ

२४ बैशाख २०७५, सोमबार मा प्रकाशित

बिर्तामोड, । झापा सुरुङ्गाका एक व्यक्ति नक्कली राहदानी बनाएको आरोपमा भारतमा पक्राउ परेका छन् । उनलाई गैरकानूनी रुपमा भारतीय राहदानी र अन्य कागजात बनाएको आरोपमा बागडुग्रा प्रहरीले पक्राउ गरेको हो ।
उनीसँगै रहेका अर्का व्यक्ति भने फरार रहेको बताइएको छ । पक्राउ पर्नेमा बिक्रम लिङ्देन रहेका छन् । उनलाई नक्कली कागजातसहित प्रहरीले पक्राउ गरेको हो । मोरङका मिनेस गुरुङ भने भारतीय प्रहरीको पञ्जाबाट उम्कन सफल भएका छन् । उनीहरुको साथमा रहेका तीनजना महिलालाई उद्धार गरिएको छ । उनीहरु नेपाली महिलालाई भारतीय पासपोर्ट बनाएर हङकङलगायतका मुलुक पठाउने धन्धामा सक्रिय रहेको भारतीय प्रहरीले जनाएको छ । स्थानीय गैरसरकारी संस्था कञ्चनजंघा उद्धार केन्द्रले प्रहरीलाई सूचना दिएपछि बिक्रम पक्राउ परेका हुन् । उनले तीनजना नेपाली महिलालाई बागडुग्रा बिमानस्थल हुँदै हङकङ पठाउन लागेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
भारतीय प्रहरीले झापा, मोरङ र ताप्लेजुङका ती महिलालाई उद्धार गरी नेपाल फर्काएको केन्द्रका सचिव रंगु सौर्यले बताए । ती महिला नयाँ दिल्ली हुँदै हङकङ उड्ने तयारीमा थिए । हङकङ पु¥याउन विक्रमले उनीहरु प्रत्येकबाट एक लाख ३५ हजार भारु लिएको बताइएको छ । त्यस्तै, हङकङमा घरेलु कामदारका रुपमा मासिक ६० हजार भारु तलब पाइने आश्वासन दिइएको महिलाले बताएका छन् ।
भारतीय प्रहरीले उनीहरुका साथबाट भारतीय राहदानी, आधार कार्ड, पान कार्डलगायत अन्य कागजात बरामद गरेको छ । तीनजना महिलाको साथमा रहेको कागजातमा उनीहरुको ठेगाना शिलगढी, बागडुग्रा र अलिपुरद्वार उल्लेख रहेको शिलगढीका पत्रकार प्रशान्त आचार्यले जानकारी दिए । विक्रमले प्रहरी समक्ष तीनजनामध्ये एक महिलाको दाजु भएको र बिमानस्थलमा बिदा गर्न आएको बताएका छन् । उनले नक्कली कागजात बनाएको बारे आपूmलाई थाहा नभएको बताए । यसैबीच भारतीय प्रहरीले नक्कली कागजात बनाउने भारतीय नागरिकको खोजी भइरहेको जनाएको छ । उद्धार गरिएका महिलाले सञ्चारकर्मीसमक्ष धेरै कुरा बताउन नचाहेको आचार्यले बताए । केन्द्रका सचिव सौर्यले विक्रम पक्राउ परेसँगै नेपाल र भारतका अवैध कागजात बनाउने अन्य पनि पक्राउ पर्ने जानकारी दिए । स्थानीय ग्राम पञ्चायतका कर्मचारी पनि अनुसन्धानमा पर्ने प्रहरीको भनाइ छ । प्रहरीले विक्रम र मिनेसलाई मानव बेचबिखन, फर्जी कागजात बनाएकोजस्ता अपराध गरेको ठहर गर्दै शिलगढी अदालतसमक्ष पेश गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here