समाजको विधान संशोधन

२८ बैशाख २०७५, शुक्रबार मा प्रकाशित

झापा, झापा मैत्री समाज केन्द्रीय समितिको तेस्रो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले विधान संसोधन गरेको छ । संस्थाले यस वर्षदेखि सदस्य वितरणलाई खुल्ला गरेको छ ।
इलाम– झापा मैत्री समाजका अध्यक्ष श्याम खड्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस नेता सुधिर शिवाकोटीले एकआपसमा सद्भाव कायम राख्न समाजले महत्वपूर्ण भूमिका खेलेको जनाए । उनले भने, ‘म पनि इलामेली हँु, इलामेली माटोसँग मेरो सम्बन्ध गाढा छ, झापा जिल्लाको कुनाकाप्चामा छरिएर रहेका सम्पूर्ण इलामेलीलाई एकीकृत गरेर अगाडि बढ्न आवश्यक छ ।’ कार्यक्रममा पूर्व सांसद वीरमणी ढकाल, राष्ट्रिय लोकदोहोरीमा ख्याती कमाएका गायक कोमल निरौला र देवी गौतम, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, संस्थाका संरक्षक गोपालकुमार गोपाल, संस्थापक अध्यक्ष कमलप्रसाद ओली, इलाम– झापा मैत्री समाज बिर्तामोड नगर अध्यक्ष तीलोत्तमा खत्री लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष खड्कीले सामाजिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गजेन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा इलाम–झापा मैत्री समाज बिर्तामोडका सचिव अच्युत दाहालले लोकदोहोरी तथा छन्द कविता प्रस्तुत गरे । राष्ट्रिय कलाकारले लोकदोहोरी तथा नृत्य प्रस्तुत गरेका थिए । इलाम–झापा मैत्री समाजकी सदस्य देवीका बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन माधव कल्पितले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here