प्रदेश नम्बर १ कोलोगो निर्माण

२८ बैशाख २०७५, शुक्रबार मा प्रकाशित

ईटहरी । प्रदेश नम्बर १ को प्रतिक चिन्ह (लोगो ) निर्माण सम्पन्न भएको छ । सो प्रतिकचिन्ह प्रसिद्ध चित्रकार बिक्रमश्री ले निर्माण गरेका हुन । प्रदेश नं १ को प्रतिकचिन्ह(लोगो) बनाउने चित्रकार हुन पाएकोमा गर्व महशुस भएको छ । बिक्रमश्रीले सामाजिक सञ्जालमा खुसी साटेका छन । बिभिन्न कलाकारहरुले प्रतिकचिन्ह निर्माण गरेपनि बिक्रमश्रीको चित्रले स्थान पाएको छ ।

प्रतियोगिताको लागी १ महिना अघि सुचना प्रकाशित भएको थियो । अन्तिम समयमा रचना शुरु गरियो र बिषय भित्र रहेर सिर्जना गर्नुपर्ने रहेछ, निश्चित प्रतिकहरु उल्लेख रहेछन, रचना गर्नु सजिलो पनि भयो, छिट्टो पनि भयो, नतिजा पनि छिट्टै प्राप्त भयो बिक्रमश्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।

उनले निर्माण गरेको प्रतिकचिन्हमा सगरमाथाको चुचुरोमा नेपालको झण्डा,मिहाल,पहाड,तराई,लालीगुराँस र खुकुरी लगायतका नेपालीका परिचय सो लोगोभित्र समेटिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here