रंगशालासहित स्मृति पार्क निर्माणका लागि ज्ञापन

दमक । झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानले सुविधासम्पन्न रंगशालासहित स्मृति पार्क निर्माणका लागि प्रदेश सरकारसँग सहयोगको माग गरेको छ ।
प्रतिष्ठानको नेतृत्व टोलीले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोलाई भेटेर रंगशालाको भोगाधिकारसहित बजेटको माग गरेको हो । मन्त्री आङ्वोलाई प्रतिष्ठानका तर्फबाट अध्यक्ष हुकुमसिंह राईले ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउँदै अध्यक्ष राईले निर्माणाधीन आदिवासी रंगशालालाई पहिचानसँगै विकास गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । उनले आदिवासी, जनजातिको समाधिस्थल नष्ट गरेर रंगशाला बनाउने कार्यलाई पूर्णता दिन मन्त्री आङ्वोसँग माग गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै मन्त्री राईले प्रस्तावित योजना अनुसार नै रंगशाला निर्माण गर्न प्रदेश सरकारले प्राथमिकता दिएको बताए । उनले केन्द्र र प्रदेश सरकार मिलेर देशकै सर्वोत्कृष्ट रंगशाला बनाउन सबैको सहमतिमा रंगशालाको कामले गति लिने विश्वास दिलाए ।
त्यस क्रममा प्रतिष्ठानका उपाध्यक्ष पदम जबेगु, महासचिव दिपेनवाला राई, सदस्यद्वय चन्द्रकला सुब्बा, विष्णु भट्टराई लगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com