झापाली समाज युएई नेपाल सम्पर्क समितिको प्रथम अधिवेशन तयारी

झापा, जेठ ११। झापाली समाज युएई नेपाल सम्पर्क समिति झापाको प्रथम अधिवेशनको तयारी गरिएको छ ।
संस्थाको कार्य समितिको बैठकले आगामी जेठ २६ गते शनिबार कनकाई माईस्थित कोटीहोमको सभाहलमा गरिने निर्णय गरिएको अधिवेशन मूल आयोजक समितीका संयोजक माइनस प्लस संग्रौलाले जानकारी दिए ।
अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको उनले बताए । समाजको आर्थिक लेखाजोखाको विवरण सम्बन्धी प्रतिवेदन तयार गर्न संस्थाका संयोजक माइनसप्लस संग्रौलाको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।
उपसमितिको सदस्यहरुमा विरेन्द्र थापा, तीर्थ लुइँटेल, विनिता सापकोटा र भक्ति पनेरु सदस्य रहेका छन् । त्यस्तै गणेश बुढाथोकीको संयोजकत्वमा अधिवेशन व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिका सदस्यहरुमा उमेश अधिकारी, अनुप गौतम, सुनिल चौहान, तारा थापा, प्रेम सेढाई र दिपक बस्नेत रहेका छन् ।
त्यस्तै छवि खनालको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यहरुमा दुर्गेश सापकोटा, सुमन भट्टराई, विनिता सापकोटा र दिपक न्यौपाने रहेका छन् । त्यस्तै डिल्ली हुमागाईको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ । उपसमितिका सदस्यहरुमा जगत लुइँटेल र तुलसीप्रसाद निरौला रहेका छन् ।
वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा झापाबाट युएई गएका झापालीहरुद्वारा सामाजिक काम गर्ने मुख्य उद्देश्य राखेर सन् २०१५ मा झापाली समाज युएई गठन गरिएको बताइएको छ । झापाली समाज युएई अन्तर्गत गठन गरिएको झापाली समाज युएई नेपाल सम्पर्क समिति झापाले विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको बताइएको छ ।
समाजले विभिन्न कारणले निधन भएका व्याक्तिहरुको परिवारलाई आर्थिक सहयोग, मृगौला तथा क्यान्सरपीडितहरुलाई आर्थिक सहयोग, जनचेतनामुलक सरसफाई कार्यक्रम, बृद्धबृद्धाहरुलाई सम्मान कार्यक्रम, अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा अक्षयकोष स्थापना, विपन्न तथा जेहेन्दार विधार्थीलाई न्यानो कपडा वितरण, बाढीपीडितहरुलाई राहत प्रदान लगायतका कार्यक्रम गर्दै आएको समाजका संयोजक माइनसप्लस संग्रौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com