जेब्राक्रस बनाएर बचेको रकम पत्रकार उपचार कोषलाई

झापा, जेठ ११। झापाको बिर्तामोडस्थित नयाँ बजारका व्यवसायीहरुले अन्धुवा खोला पश्चिम राजमार्गमा जेब्रा क्रसिङ बनाएर बचेको रकम पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका छन् ।
बिहीबार समितिका संयोजक रणदेव हजामसहित समितिका पदाधिकारीले १४ हजार दुई सय रुपैयाँ पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका थिए ।
पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषको संयोजक एकराज गिरी, महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराई र कोषकी सदस्य सुष्मा राजवंशीलाई संयुक्तरुपमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।
व्यवसायीहरुले जेब्राक्रस निर्माणका लागि संकलित मध्ये बचत उक्त रकम सामाजिक सेवामा समर्पित गर्ने निर्णय बमोजिम पत्रकार उपचार कोषलाई दिइएको बताइएको छ । सुनकोसी साकोस, सिटी फर्मा गोदावरी डाइग्नोष्टिक, विनायक होटल, रेडमग क्याफे, बालाजी मार्वल, रविन आर्युवेदिक फार्मेसी लगायतका व्यवसायीले रकम संकलन गरेका थिए ।
संयोजक हजाम, सहसंयोजक सुरेन्द्र उप्रेती, सचिव कमल पराजुली, कोषाध्यक्ष रामबहादुर कार्की, सदस्य दिनेश विमली, डम्बर मिश्र, प्रेम गौतम, अर्जुन सहनी, मनोज साहसहितको समितिले निर्णय गरी पत्रकार उपचार कोषलाई सहयोग प्रदान गरेको हो ।
पत्रकार महासंघले एक करोड रुपैयाँको अक्षयकोष बनाइ त्यसको ब्याजबाट घाइते तथा विरामी पत्रकारको उपचार गर्ने योजनाका साथ चलाएको अभियान अन्तर्गत हालसम्म ३५ लाखभन्दा बढी जम्मा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com