[संस्कृति रिजाल ]
बालबालिका भोलिका कर्णधार । बर्तमानका साझेदार । बालबालिका फरक नेतृत्व भएको समूह हो, जसको संगठित रुपले परिवर्तनलाई जन्माउन सक्छ। नेपाल जस्तो बिकासोन्मुख देशमा बाल अधिकार कागजी पानामा मात्रै सिमित छ ।
बालबालिकाको मनोबिज्ञानलाई कमैले बुझेर ध्यानमा राखेको देखिन्छ। बाल मनोबिज्ञान बालबालिकाको गम्भीर विषयबस्तु हो। बाल मनोबिज्ञान त्यो शाखा हो, जहाँ गर्भावस्था देखि लिएर प्रौढ अबस्थासम्मका मनिसको मानसिक बिकासको अध्ययन गरिन्छ। जहाँ सामान्य मनोबिज्ञानको वर्णन गरिन्छ। साथै उनिहरुलाइ बैज्ञानिक ढंगले बुझ्ने कोसिस गरिन्छ। यहि बिषयले बालबालिकाको मानसिक प्रक्रियाको वर्णन गर्दछ र बुझ्ने प्रयास गरिन्छ। बाल मनोबिज्ञान भित्र बालबालिकाको शारीरिक, संबेगात्मक र संज्ञानात्मक अनि सामाजिक बिकासको अध्ययन गरिन्छ। वास्तबमा कुनै बालकलाई फकाउन जति सहज हुन्छ, उस्को मस्तिष्क बुझ्न उति नै कठिन हुन्छ। उसको मस्तिष्कमा के चलिरहेको छ? उसलाई के चाहिन्छ? उसको मानसिकतालाई बुझ्नु मनोबिज्ञान भित्रको विषय हो। बाल मनोबिज्ञानको इतिहासलाई पल्टाएर हेर्दा, यद्यपि १९ औं शताब्दीमा पनि बालबालिकाको राम्रो प्रकारले लालनपालन र शिक्षणको लागि बाल मनोबिज्ञानको आवश्यकता संसारका प्रमुख विद्वानले अनुभव गरेका थिए। तथापि यसको अधिक बिकास २० औं शताब्दीमा बाल शिक्षणको महत्त्व सगं सगैं भएको हो।
हरबर्ट स्पेन्सरले यो विषय प्रति धेरै पहल दिए ताकी प्रत्येक नागरिकको शिक्षामा बाल मनोबिज्ञानको शिक्षा निकै जरुरी रहेको देखिन्छ।
यो भन्दा अघि रुसोले पनि १८ औं शताब्दीमा बालबालिकाको योग्य शिक्षाका निम्ति बाल मनोबिज्ञानको आवश्यकता बताएका थिए र केही ब्यक्तिगत अनुभबका आधारमा बालबालिकाको मनोबिकासका सम्बन्धमा “एमिल” नामक पुस्तक लेखेका थिए। तर रुसो जस्ता विद्वानको बिचार बैज्ञानिक प्रयोगमा आधारित थिएन। बालबालिकाको शारीरिक र मानसिक बिकासको बैज्ञानिक ढंगले अध्ययन ८० बर्षबाट नै भइरहेको छ। बाल मनोबिज्ञानको प्रारम्भिक अध्ययन फ्रान्समा भएको हो। यश पश्चात् बिस्वका विभिन्न देशहरुमा बाल मनोबिज्ञानको अध्ययनले चर्चा पायो र सबैले आफ्नो धारणा प्रस्तुत गरे । बाल मनोबिज्ञान सम्बन्धि व्यापक कार्य अमेरिकी विद्वानको प्रयासमा भएको थियो। जुन कार्यलाइ सिमित रुपमा मात्र टाढा बाट अध्ययन गरिएको थियो। त्यो सुसंगठित र बिस्तृत ढंगले अमेरिकामा भएको हो। अमेरिकामा आज पनि विद्वानहरु बालबालिकाको बिकासका भिन्न भिन्न बिषयहरुको अध्ययन अनेक बैज्ञानिक प्रयोगशालामा गरिरहेका छन। विभिन्न विद्वानले बैज्ञानिक ढंगबाट बिश्वभर बाल मनोबिज्ञानको विश्लेषण गरेको पाइन्छ।
बिस्तृत रुपमा स्विकारिएको विषय बाल मनोबिज्ञानको महत्त्वलाई हामी दर्साउन सक्छौ। बालबालिकाको ब्यवहारलाई निरीक्षण फरक ढंगबाट गरिन्छ। बाल मनोबिज्ञानमा बालबालिकाको अध्ययन ब्यक्तिगत रुपमा साथै सामुहिक रुपमा गरिन्छ। बिशेषत: हरेक बालबालिकाको पहिलो शिक्षण केन्द्र घरपरिवार हो। आमाबाबुको ब्यवहारले बालबालिकाको दिमागमा असर पार्ने गर्दछ। समाजमा अपच हुने र सुन्न देख्न नसकिने आमाबाबुको ब्यवहारले छोराछोरीलाई खुसी दिन सक्दैन। प्रत्येक क्षण परिवर्तन भइरहने बालकको स्वभाव देख्दा हामी अचम्मित त हुन्छौ नै। तर जति नै अचम्म लागे पनि सबैभन्दा प्रिय र कठोरभन्दा कठोर मानिसलाइ पनि क्षणभरमै नरम बनाइदिने मस्तिष्क भएका बालबालिका इश्वर कै स्वरुप हुन। कतिपय अभिभावक आफ्ना सन्तानको माग र ब्यवहारबाट हैरान बन्नुहुन्छ तर उनिहरुको मागलाइ बुझ्ने प्रयास गर्नुहुन्न। वास्तवमा बालबालिकाहरुको पनि उमेरको एउटा गति हुन्छ। उनिहरु गर्भास्था देखि बाल अबस्था, किशोर अबस्था, युवा अबस्था हुँदै बुढेसकाल सम्म पुग्छन र उमेरको गति अनुसार फरक फरक ब्यवहार देखिन्छ। बालबालिकालाई अरु उमेरको अबस्थामा कस्तो बनाउने भन्ने कुरा बाल्यकाल को रेखदेख र शिक्षामा भर पर्दछ। बालबालिका काचो माटो हुन, उनिहरुलाइ अहिले जस्तो आकारको बनायो त्यस्तै बन्छन। बालबालिकाको फरक ढंग र स्वभावलाई हामीले बुझ्न सक्नुपर्छ। घरपरिवार र समाजमा देखाइने फरक ब्यवहारले बालबालिकाको मस्तिष्कमा फरक फरक असर पारिरहेको हुन्छ। त्यसैले परिवार सगै आदर्श समाजको पनि आवश्यकता पर्छ। असल स्वभाव र संस्कारबाट टाढा रहेको परिवार र समाजका बालबालिका कुसंस्कारको सिकार बन्न पुगेका हुन्छन। बालबालिका को पहिलो शिक्षा मानिने बाबुआमा नै जाड, रक्सी, कुलत र झै झगडामा सामेल भएपछी त्यस परिवारको बालकले पनि त्यस्तै शिक्षा प्राप्त गर्दछ। बाबुले आमा प्रती गरेको हिंसा देख्दा, उसले त्यै सिक्छ। गालिगलौज गरेको सुन्दा, त्यही सिक्छ। कुलतमा लागेको देख्दा त्यही सिक्छ। अनन्त : बिद्यालयको प्राङ्गणमा साथिहरुसंग खेल्नुपर्ने बालक विभिन्न साथीहरूको खराब संगत र हेलमेलका कारण ग्याङमा डन बनेर समाजमा स्थापित हुन्छ र त्यही खराब बाटोमा उसले चरम आनंद महसुस गर्छ। कारण हो, बालबालिकाको मस्तिष्क लाई बुझ्न नसकी खराब ब्यवहार अभिभावकले देखाउनु वा सिकाउनु। एउटि महिलाले समुहमा महिलाहरु सग विभिन्न कुरा गरेर बसेको सुन्दा देख्दा आफ्नो बच्चाले पनि त्यो आमाबाट त्यै सिकिरहेको हुन्छ। त्यसैले आमाले छोराछोरीलाई असल संस्कार सिकाउनु पर्छ र उनीहरुको मनोबिज्ञानलाई बुझ्न सक्नु पर्छ।।
घरपरिवार पछिको दोस्रो आदर्शको पाठ बालबालिकाले बिद्यालयबाट सिक्छन । बिद्यालयमा शिक्षकको शिक्षण शैली, ब्यवहारले बालबालिकाको मनोबिज्ञानमा विभिन्न सकारात्मक र नकारात्मक असर पारिरहेको हुन्छ। भनिन्छ, सरकारी स्कुलका बालबालिकाले सामाजिक वातावरणमा अध्ययन गर्न पाएका हुन्छन भने निजि बिद्यालयका बालबालिकाले घोकन्ते बिद्या पाइरहेका हुन्छन। सरकारी स्कुलमा बालबालिकाको मनोबिज्ञानलाई धेरै बुझेर बिभिन्न बालबालिकालो संगठन स्थापना गरिन्छ। तर बर्तमान समयमा निजि बिद्यालयमा पनि बालक्लब, जुनियर रेडक्रस, स्काउट जस्ता सामाजिक संस्थाको स्थापना गरि बालबालिकालाइ सामाजिक वातावरणमा अध्यापन गराउन थालिएको छ। बालबालिकाको विषयलाई जोडिरहदा, हामी पाउन सक्छौ धेरै ठाउँमा बालमैत्री क्षेत्र घोषणा गर्न पहल भइरहेको छ। बालबालिकालाई अधिकार दिनु बालमैत्री बनाउनुको एउटा प्रमुख पाटो पक्कै पनि हो तर, बालमैत्री बनाउन उनिहरुका अधिकारको मात्र कुरा गर्ने या त उनिहरुको मनोबिज्ञानलाई बुझेर त्यहि अनुसार कार्य सन्चालन गर्ने? बालबालिकाको छेत्रमा छुटिने बजेट सरकारी स्कुलमा पढ्ने बालबालिकालाई मात्र दिने या त निजि बिद्यालयका बालक्लबलाइ पनि समान महत्त्व दिने? वास्तवमा, कुनै बालकको धारणा र बिचारलाइ अध्ययन गर्नु, बुझ्नसक्नु र त्यही अनुसार नगरपालिका र गाउँपालिका, बिद्यालयहरुमा विभिन्न योजना निर्माण र कार्यन्वयन हुनु मात्र बालमैत्री वातावरणको अबधारणा बन्न सक्छ। शैक्षिक रुपमा सैद्धान्तिक ज्ञान भन्दा ब्यवहारिक ज्ञान बालबालिकालाइ दिन सक्ने हो र उनिहरुको सकारात्मक सोच र धारणाको कदर गर्ने हो भने बिद्यालय बालमैत्री बन्न सक्छ। बालबालिकाको धारणा बुझी त्यही अनुसारको शिक्षा लिने वातावरण दिनु बाल मनोबिज्ञान भित्रको प्रमुख विषय हो। बालमैत्री बनाउने खोक्रा भाषण भन्दा पनि ब्यवहारिक परिवर्तन नै बालबालिकाको सम्पुर्ण बिकासको आधार बन्न सक्छ। यदि हामी दिगो बिकास चाहन्छौ भने हामिले बालबालिकाको मनोबिज्ञानमा केन्द्रित रहेर बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्छ। त्यसैले जबर्जस्ति र करकापको बिद्या र अधिकारको भागिदार होइन, बाल मनोबिज्ञानलाई बुझेर, ध्यानमा राखेर घरपरिवार, समाज, बिद्यालय र राज्यले त्यही अनुसारको निती निर्माण गर्न सक्ने हो भने मात्र बन्न सक्छ,, बालमैत्री बिद्यालय, समाज अनि समग्र देश ।