रेखा खोलामा पुल बनेपछि स्थानीय हर्षित

१५ जेष्ठ २०७५, मंगलवार मा प्रकाशित

[केशवराज भण्डारी ]

बिर्तामोड, अर्जुनधारा नगरपालिका वडा नं. ९ कालिस्थानको रेखा खोलामा पुल बनेपछि त्यसक्षेत्रका स्थानीयबासी हर्षित भएका छन् ।
पुल निर्माणसँगै शनिश्चरे माविमा अध्ययनका लागि विद्यार्थीलाई समेत विद्यालय आवागमनमा सहज भएको छ । अर्जुनधारा– १० कालिस्थानका स्थानीयबासी यसअघि रेखा खोलामा पुल नहुँदा समस्यामा थिए । गत वर्ष आएको बाढीले रेखा खोलाको कज्वे भत्काएपछि त्यहाँका स्थानीयबासी खोलाबाट हिँड्न बाध्य भएका थिए ।


अर्जुनधारा नगरपालिकाले यस आर्थिक वर्षमा २५ लाख रुपैयाँ र बाँकी रकम आगामी आर्थिक वर्षको बजेटबाट परिपूर्ति गर्ने गरी पुल निर्माण गरिएको हो । पुल निर्माणको कूल लागत ५७ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
स्थानीयबासीको समेत जनसहभागितामा रेखा खोलामा पुल निर्माण भएको अर्जुनधारा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष पुष्प प्रसाईले बताए । उनका अनुसार पुल निर्माणका लागि स्थानीयबासीको सातलाख ३५ हजार रुपैयाँ लागत रहेको छ ।
पुल उद्घाटन समारोहमा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष युवराज प्रसाईले पुलको आय–व्यय प्रस्तुत गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here