मेचीनगरलाई सवैभन्दा धेरै बजेट

झापा . सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि झापाका १५ स्थानीय तहलाई चार अर्व ८० करोड २४ लाख रुपैयाँ वजेट विनियोजन गरेको छ ।
आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा सवै भन्दा बढी बजेट मेचीनगर नगरपालिकालाई र कम बजेट कनकाई नगरपालिकाका लागि विनियोजन भएको छ । मेचीनगरका लागि सरकारले ५४ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने सबैभन्दा कम बजेट कनकाई नगरपालिकाका लागि २४ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको छ ।
त्यस्तै दमक नगरपालिकाका लागि ४६ करोड ६८ लाख र विर्तामोड नगरपालिकाका लागि ४२ करोड ५५ लाख रुपैयाँ वजेट विनियोजन भएको छ ।
सरकारले शिवशताक्षीका लागि ३७ करोड ६२ लाख र गौरादहका लागि ३७ करोड १६ लाख रुपैयाँ वजेट विनियोजन गरेको छ । त्यस्तै भद्रपुरका लागि ३६ करोड ५१ लाख अर्जुनधाराका लागि ३२ करोड १९ लाख रहेको छ ।
यता सात गाउँपालिका मध्ये सवैभन्दा बढी बजेट कमल गाउँपालिकाले र कम बजेट हल्दिवारी गाउँपालिकाले पाएका छन् । कमल गाउँपालिकाको बजेट २८ करोड ३२ लाख र हल्दिवारी गाउँपालिकाको वजेट २१ करोड १८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै कचनकवल गाउँपालिकालाई २७ करोड ८५ लाख, वुद्धशान्तिको २४ करोड २१ लाख, झापाको २२ करोड ६८ लाख ,गौरीगंञ्जको २२ करोड ७५ लाख र वाह्रदशी गाउँपालिकाका लागि २१ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।–

 

 

––

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com