बिर्तामोडको घटनामा विप्लव माओवादीको चासो

बिर्तामोड, झापाको बिर्तामोड–५स्थित जात्रुवाडीको राजवंशी परिवारको जग्गाको विषयलाई लिएर भएको हत्या प्रकरणको उच्च स्तरीय छानविनका लागि नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले माग गरेको छ ।


पार्टीका झापा जिल्ला सचिव सौगात आचार्यले सोमवारसाँझ विज्ञप्ति जारी गरी उक्त घटना बारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो माग गरेका हुन् । बिर्तामोड–५का स्व. सुरेन्द्र राजवंशीको नाममा रहेको जग्गा खरिदविक्रीको क्रममा बैना स्वरुप लिएको २५ लाख रुपैयाँलाई विवादित बनाउँदै उक्त जग्गा हड्प्ने मनसायले प्रहरीको आडमा हत्या भएको दावी गरिएको छ । हत्यामा प्रहरी, एक पेट्रोलियम व्यवसायी र स्थानीय युवाको मिलेमतो रहेको विज्ञप्तिमा किटानी गरिएको छ ।
उक्त घटनाको सत्यतथ्य छानविन सम्बिन्धत निकायबाट गर्न गराउन र दोषीमाथि तत्काल कार्वाह गर्न सो पार्टीले माग गरेको छ । ‘एकातिर जनताको सुरक्षाको ग्यारेन्टी गर्ने सरकारको सुगा रटाइ र अर्कोतिर सुरक्षाको प्रत्याभूति दिने प्रहरी मृतकका परिवारले दिएको उजुरी लिनु त कता हो कता उल्टै पचास लाख माग्दै हिँड्ने र धम्की दिने यस घटनाले आम जनतामा प्रहरीप्रतिको भरोसा मरिसकेको प्रष्ट हुँदै गएको छ’– सौगातले विज्ञप्तिमा लेखेका छन्– ‘मृतक परिवारप्रति न्याय नगरिएको खण्डमा जनताको अदालतबाट अन्तिम न्याय दिन पार्टी अग्रसर हुने कुरा जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com