चटपटे र चाउमिन खाँदा पाँच सिकिस्त

भद्रपुर, जेठ । झापामा फुडपोइजनका कारण पाँच जना विद्यार्थी सिकिस्त बिरामी भएका छन् ।


झापा बिर्तामोड नगरपालिका–५स्थित देवी माध्यमिक विद्यालय कक्षा १०मा अध्ययनरत् पाँच छात्रा फुडपोइजनका कारण सिकिस्त बिरामी भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
फुडपोइजनले बिरामी पर्ने छात्राहरु १६ बर्षीया विनीता राई, १७ बर्षीया कुन्ती विक, १६ बर्षीया सृजना विक, १६ बर्षीया डम्बरकुमार खतिवडा र १६ बर्षीया सविना लिम्बू रहेको जनाइएको छ ।
घटना विवरण अनुसार टिफिन समयमा नजिकै रहेको मञ्जु खाजा घरमा गएर ती छात्राहरुले खाजा खाएका थिए । खाजा खाएर विद्यालय फर्किएपछि कक्षा कोठामै पेट दुख्ने, रिंगटा लाग्ने र पटक–पटक वान्ता गरेपछि उनीहरुलाई तत्काल मनमोहन अस्पताल बिर्तामोड पुर्याएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् ।
बिरामी परेकी छात्रा सृजनाले भनिन्– ‘मञ्जु खाजा घरमा गएर चटपटे र चाउमिन खाएका थियौं, त्यसपछि हामी सबै बिरामी प¥यौं । यता इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले मञ्जु खाजा घरका सञ्चालक बिर्तामोड–३ निवासी सञ्जयकुमार राजवंशीलाई खाजा बनाएको भाँडाकुँडासहित नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com