तरकारी बेचेरै वार्षिक १२ लाख

२५ जेष्ठ २०७५, शुक्रबार मा प्रकाशित

केशवराज भण्डारी
झापा, जेठ । पछिल्लो समय अर्थ उपार्जनका लागि वैदेशिक रोजगारीका लागि विदेशिने युवाको जमात ठूलो छ । तर, त्यही जमातभित्र स्वदेशमै परिश्रम गरेर मनग्ये धन कमाउनेको संख्या पनि कम छैन ।

झापा अर्जुनधारा–८का दुई युवाले कृषि कर्म गरेर अहिले मनग्ये आम्दानी गरिरहेका छन् । उनीहरुले तरकारी खेती बाटै वार्षिक १२ लाख रुपैयाँ कमाइ गरिरहेको बताइन्छ । अर्जुनधारा नगरपालिका वडा नं. ८ हात्तीकिल्लाका २८ वर्षीय निर्मल अधिकारी र भक्तवहादुर भुजेलले व्यवसायिक कृषि फार्म सञ्चालन गरेका छन् । लामो समयसम्म विदेशमा काम गरेर फर्किएका उनीहरु अहिले व्यवसायिक तरकारी खेतीमा संलग्न छन् । भक्तबहादुर शुरुमा सशस्त्र प्रहरीको जागिरे पनि हुन । संकटकालमा जागिर छाडेर विदेशिएका भुजेलसँग दुई देशहरु मलेशिया र अफगानिस्थानको भोगाइको अनुभव राम्रो छ ।


त्यसै गरेर सोही ठाउँका सम्वन्धले भाञ्जा निर्मल अधिकारीसँग पनि दुवईको एयरपोर्टमा २ वर्ष गरेको कामको अनुभव छ । उनी भन्छन्– विदेश गएर थोर वहुत कमाउन त सकिएला तर पछि फर्कने नेपाल नै हो, त्यसपछि पनि यहीँ केही गर्नुपर्ने हँुदा विदेश जाने सपना टमाटर, काँक्रा र करेलाको लहरामा बुन्दै सफल उद्यमीको रुपमा आफूलाई चिनाउन अग्रसर छु । व्यवसायिक कृषि उद्यम गर्नका लागि यान्त्रिकीकरणमा जोड दिनुपर्ने विचार वोकेका अधिकारीलाई शुरु शुरुमा छरछिमेकी तथा साथीभाइले व्यर्थको पेशा रोजेको भने पनि हाल भने एउटा जाँगरिलो युवाको रुपमा लिन्छन् ।
नेपाल विषादिका कारण आक्रान्त भइरहँदा एसएलसीसम्मको अध्ययन गरेका अधिकारी आफूले उत्पादन गरेका तरकारी तथा फलफूल विषादिरहीत हुने दावी गर्छन् । उनी भन्छन्– शुरु–शुरुमा मैले विषादि नहाली उत्पादन गरेका तरकारी चमक नभएका कारण बजारमा बेच्न समेत गाह्रो भयो । तर, अहिले भने उनले उत्पादन गरेका तरकारीहरु वासी हँुदैनन् ।
विशेष गरेर रोग किराका लागि मोहनी पासो र फेरामिन ट्यावको प्रयोग बढाएका यी दुई युवा कृषकहरुले आगामी दिनमा अर्जुनधारा नगरपालिका भरिका चोक तथा बजारहरुमा स्वस्थ तरकारी पु¥याउने लक्ष्यसहित गाडी किन्ने सोच बनाएका छन् । मासिक खर्च लगभग १ लाख हुने गरे पनि दुई जनाको मिहेनत नजोडी खर्च कटाएर ५०÷५० हजार आम्दानी लिइरहेका यी युवाहरुले तरकारी वाली लगाएको आफ्नै जमिन २ विगाहा १० कठ्ठा छ । २ लाख लगानीबाट शुरु गरेको व्यवसायिक तरकारी खेतीमा हाल वाषर््िाक १२ लाख खर्च हुने गरेको उनीहरुको भनाइ छ ।
यसरी व्यवसायिक तरकारीमा जुटेका यी दुई युवाहरुलाई राज्यले प्रोत्साहनस्वरुप अर्जुनधारा नगरपालिका कृषि विकास शाखामार्फत गड्यौले भार्मिकम्पोष्ट मल तयारी तथा प्रदर्शनीका लागि रु. ३३ हजार र तरकारी उत्पादनका लागि पकेट क्षेत्र भनेर रु. २० हजार सहयोग गरेको छ । साथै सनराइज वैँक झापा वुधवारे शाखाबाट रु. १५ लाख कृषि कर्जा स्वीकृत भएको अधिकारी बताउँछन् । जसबाट तरकारी खेतीका लागि जग्गा लिजमा लिएर १० विगाहासम्म विस्तार गर्ने उनीहरुको सोच रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here